२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप छनोट: प्रारम्भिक फुटबल टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले विश्वकप छनोट २०२६ का लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

नेपाल बुधबार मात्र साफ च्याम्पियनसिप २०२३ मा सहभागी भएर फर्किएको थियो। साफ च्याम्पियनसिपमा भने नेपालको यात्रा समूहचरणमा सीमित भएको थियो। पहिलो खेलमा कुवेतलाई र दोस्रो खेलमा भारतलाई नतिजा सुम्पिएको नेपालले पाकिस्तानविरुद्ध भने सान्त्वना जित निकालेको थियो।

साफ च्याम्पियनसिपको टोलीमा रहेका विशाल श्रेष्ठ, निशान खड्का, नवीन लामा, दीपकसिंह ठकुरी र मणिकुमार लामाले भने विश्वकप छनोटका लागि घोषित टोलीमा स्थान बनाउन सकेनन्।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले विश्वकप छनोट २०२६ का लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ को एसियाली छनोटमा ४६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरण र दोस्रो चरणको खेलतालिका जुलाई २७ मा जारी हुनेछ। छनोटमा सहभागी राष्ट्रलाई चारवटा प्लटमा राखिएको छ। प्लट १, २ र ३ मा क्रमशः एएफसीको वरीयताको १ देखि नवौं स्थान, १० देखि १८औ स्थान, १९औंदेखि २६औ स्थानसम्मका टोली रहनेछन् भने प्लट ४ मा २७ देखि ४६औं वरीयतामा रहेका टोली रहेका छन्। नेपाल प्लट ४ मा रहेको छ। १८औं स्थानको भारत भने प्लट २ मा रहेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ को एसियाली छनोटमा ४६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

प्लट १ देखि ३ सम्म रहेका टोली स्वतः छनोटको दोस्रो चरणमा प्रवेश गरिसकेका छन् भने प्लट ४ मा रहेका २० टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

प्लट ४ मा रहेका २० टोलीले होम एन्ड अवेको आधारमा हुने पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। सो खेलपछि विजेता १० टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। पहिलो चरणअन्तर्गतको पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ।

नेपाली टोली

गोलकिपर: किरणकुमार लिम्बु, अनिष देउजा, दीप कार्की, अभिशेष बराल,

रक्षक:  अनन्त तामाङ, सीमान्त थापा, विमल पाण्डे, सनिश श्रेष्ठ, देवेन्द्र तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ गुरुङ, अञ्जन राई, एन्जल महर्जन,

मिडफिल्डर: एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु,आभास लामिछाने, उत्सव राई, विशाल तामाङ, विकेक पौडेल, कृतीशरत्न छुन्जु,

स्ट्राइकरः आयुश घलान, मनीष डाँगी, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, आशिष चौधरी।

प्रकाशित: १८ असार २०८० ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App