२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय तहले नै बहाल कर असुल गर्ने

काठमाडौँ महानगरपालिकाको घर बहाल करसम्बन्धी विवाद अन्त्य भएसँगै दोहोर कर तिर्नुपर्ने झन्झटबाट नागरिक मुक्त भएका छन्। केन्द्र सरकारले घरबहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै महानगरको बहाल करसम्बन्धी विवाद अन्त्य भएको कामपाका निर्देशक नवराज ढकालले जानकारी दिए।

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा

नेपाल विद्युत् प्राधिकरण, गौर वितरण केन्द्रले सेवामुक्त गरेका दैनिक ज्यालादारीका कर्मचारीहरू पुनर्बहालीको माग गर्दै बिहीबारदेखि कार्यालय परिसरभित्रै आमरण अनशनमा बसेका छन् ।

एक बहालवालासहित चार पूर्वमन्त्री मैदानमा

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का २०४८ सालदेखि नियमित संसद्मा छन् । पटक–पटक मन्त्री भइसकेका खड्काले सुर्खेत क्षेत्र नम्बर–१ बाट अहिलेसम्म चुनाव हार्नुपरेको छैन । खड्का पाँचौंपटक यो क्षेत्रबाट चुनाव लड्दैछन् ।

७ बहालवाला मन्त्री, २५ पूर्वमन्त्री भिड्दै

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरू मध्ये ७ बहालवाला मन्त्री छन् भने २५ पूर्व मन्त्री छन् । पूर्व मन्त्रीमध्ये वामदेव गौतम, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । पूर्वमन्त्रीहरूमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय फोरम र राजपाका उम्मेदवारहरू रहेका छन्।

एमाले उपाध्यक्ष गौतमसहित तीन बहालवाला मन्त्री भिड्दै

बर्दियाको दुई प्रतिनिधिसभाका लागि बहालवाला तीन मन्त्री र एमाले उपाध्यक्ष वामदेव गौतमले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा तीन बहालवाला मन्त्री हुन् भने उपाध्यक्ष गौतम पटकपटक मन्त्री बनिसकेका छन्।

कास्की–१ मा बहालवाल मन्त्री र पूर्वमन्त्री भिड्दै

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर एकमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बहालवाला कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको निर्वाचनका लागि  मनोनयन दर्ता गराएका हुन् ।

पहिलो चरण निर्वाचन : बहालवाला मन्त्रीदेखि बागीसम्म

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा ‘हेभी वेट’ नेता पनि छन् । त्यस्तै केही बहालवाला मन्त्री पनि उम्मेदवार बनेका छन् ।

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।

कानूनमन्त्री थापाद्वारा पदबहाली

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संविधान कार्यान्वयन गर्ने तथा विधिको शासनको रक्षा गर्ने महत्वपूर्ण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

टेबहालमा ग्यास सिलिन्डर पड्किँदा दुई घाइते

ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।

टेबहालमा भएको आगलागी नियन्त्रित

ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्