१२ असार २०८१ बुधबार
image/svg+xml

दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी मारिए

वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो।

सुडानमा बाढी १४६ को मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ। यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ। यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो।

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको।

सुडानमा भीषण वर्षा: ५२ जनाको ज्यान गयो

वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ। यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ।

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन्।

सुडान पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु, दर्जनौ व्यक्ति घाइते

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ।

दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार

उनले भने– यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ।यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गरेका थिए।

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सुडानको डारफोरमा खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति अभियान प्रतिस्थापनबारेको संयुक्त प्रतिवेदन सार्वजनिक गरेका छन्।

भारती १४ करोड धरौटीमा रिहा

दोषी ठहर शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए। उनको मागअनुसार नै सर्वोच्चले अनुमति दिएको छ।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई दुई वर्ष नजरबन्द राख्न अदालतको आदेश

सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।

दोषी ठहरिएका भारतीका लागि पुनः सुनुवाइ

थुनामा रहेकै अवस्थामा शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए।

युद्ध अपराधीमाथि कारबाही माग

सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन्। द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले यस्तो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका रूपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए।

सुडान घोटाला : यसरी गरेका थिए भारतीले करोडौंको भ्रष्टाचार

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्