१५ असार २०८१ शनिबार
image/svg+xml

सुडान घोटालाका फरार ठेकेदार भारती पक्राउ

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो।

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले सपथ लिएका छन्।

अपदस्थ राष्ट्रपतिको सुनुवाई स-यो

राजनीतिक संकटमा फसेको सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको पहिलो सुनुवाई नै पछाडि सरेको छ। भ्रष्टाचारलगायत उनका विरुद्धमा लागेको आरोपमाथि बुधबार सुनुवाई गर्ने तय भएकोमा पछाडि सारिएको हो। उनलाई भ्रष्टाचारसँगै विदेशी मुद्राको अपचलन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेकोलगायतका आरोप लगाइएको छ।

सत्तासीन सेना र विरोधीबीच सम्झौता

सुडानको सत्तासीन सैनिक परिषद् र विरोधी नेताहरुले रातभरिको वार्तापछि शक्ति बाँडफाँटको सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन्। मुलुकका लागि यो ‘ऐतिहासिक समय’ भएको सैन्य परिषद्का उपप्रमुख मोहम्मद हामदान हेमेती डागालोले समाचार एजेन्सी एएफपीलाई बताएका छन्। गएको अप्रिलमा राष्ट्रपति ओमार अल–बसिरलाई अपदस्थ गरेपछि सुडान अशान्त रहँदै आएको छ।ओमार अल–बसिरलाई अपदस्थ गरेपछि सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। विरोधीहरुले भने नागरिक सरकारलाई शक्ति हस्तान्तरण गर्न सेनासमक्ष माग गरिरहेका थिए।

सुडानमा शान्ति सैनिकको मृत्यु

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

सुडान संकटः सेना र विपक्षीबीच सहमति

सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ। ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन्।

पूर्वआइजिपी रमेश चन्द जेल चलान

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी जेल चलान भएका छन्। सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

सुडानमा शान्ति सेनाको म्याद चार महिना थपियो

सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ।

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठ जनाको मृत्यु भएपछि लोकतन्त्रवादी नेताले वार्तालाई अस्वीकार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

‘नाइल नदीबाट दर्जनौं शव निकालियो’

संक्रमणकालीन सैन्य परिषद्ले तीन वर्षत्रि सैन्य सत्ता नागरिकलाई हस्तान्तरण गर्ने बताए पनि अप्रिल ६ देखि नै सैनिक मुख्यालयबाहिर प्रदर्शन गरिरहेका लोकतन्त्रवादीले प्रदर्शनलाई निरन्तरता दिइरहे।

सुडानमा आम निर्वाचनको घोषणा, गोली लागेर ३५ भन्दा बढीको मृत्यु

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ।

सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ। सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।

सुडानमा सेना र विपक्षीबीच सहमति

सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्ने गरी सहमति भएको छ। विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन्।

तीन सैनिक अधिकारीको राजीनामा, व्यापक प्रदर्शनको तयारी

सुडानको सत्तारुढ संक्रमणकालीन सैनिक परिषद्का तीन उच्च सैनिक अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

‘अवरोध’ हटाउन सेनाको आग्रह

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्