१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जिल्ला अस्पतालमा ‘सिकिस्त नवजात शिशु उपचार’

अस्पतालले गत माघ २९ गतेदेखि पाठेघरको मुखको सम्भावित क्यान्सरको परीक्षणमा निःशुल्क सेवा दिइरहेको छ भने चालु आवदेखि क्रायोथेरापीद्वारा सो क्यान्सरको उपचारसेवा पनि निःशुल्क गरेको छ।

सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

डाउण्डसिण्ड्रोम शिशुलाई मातृत्व अभाव

साह अस्पताल पुगेर बेलाबेला शिशुलाई दूध खुवाउने गर्छिन्। अस्पतालमा कुरुवा बस्ने व्यवस्था नभएकाले राति घरै फर्किन्छन्।

आँखाको नानीको दाग क्यान्सर त होइन?

तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

२० वर्षीया महिलाले जन्माइन् चार वटा शिशु

वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकैपटकमा चार शिशु जन्माएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले तीन छोरी र एक छोरा गरी चारजना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

वीरगन्जमा महिलाले जन्माइन एकसाथ चार बच्चा

वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

प्रभावकारी बन्दै मोबाइल स्वास्थ्य कार्यक्रम

मातृ तथा नवजात शिशुको सुरक्षाका लागि जिल्लामा सञ्चालित मोबाइल स्वास्थ सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुने महिलाहरूको सङ्ख्यालाई शून्यमा पु-याउने उद्देश्यले धादिङमा मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चाको छ।

६ महिनामा १६ शिशुको मृत्यु

जिल्लामा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको छ। अगस्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ शिशुको मृत्यु भएको वनहर्ट वल्र्डवाइडले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत प्राप्त सूचनाका आधारमा नवजात शिशुको मृत्यु भएको यकिन गरिएको वनहर्ट वल्र्डवाइडका खोटाङ संयोजक सूर्य उप्रेतीले बताए।

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

६ महिनामा १६ नवजात शिशुको मृत्यु

खोटाङमा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। गत अगष्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ नवजात शिशुको मृत्यु भएको वनहर्ट वल्डवाईडले जनाएको छ।

अवैध सम्बन्धबाट जन्मेको शिशु हत्यामा संलग्न दुई पक्राउ

नवजात शिशुको हत्या आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका–१ की २० वर्षीया लालमाया बुढा र सोही ठाउँमा ३३ वर्षीय केशव सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढा र सुनारको अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्