११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गर्मीले विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय छुट्टी

अत्याधिक गर्मीका कारण विद्यार्थी वेहोस हुन थालेपछि मोरङको लेटाङ नगरपालिकाले दुई दिनका लागि नगरका  विभिन्न वडाका  विद्यालय छुट्टी दिएको छ।

अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् :गभर्नर

भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मस्याैदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने बताएका छन्।

कर्णाली मन्त्रिपरिषद् बैठक : निजी क्षेत्रलाई १० वर्षसम्म कर छुट दिन आग्रह

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा लगानी गर्ने निजी क्षेत्रलाई १० वर्षसम्म कर छुट गरिदिन संघीय सरकारसँग आग्रह गरेको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्गम र पिछडिएको क्षेत्रको समृद्धि र विकासका लागि निजी क्षेत्रको लगानी रहने योजना, आयोजना, कार्यक्रम र उद्योगबाट १० वर्षसम्म कर र राजश्वमा छुट दिन संघीय सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ।

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको शव मगंलबार दिउँसो फेला परेको हो।

महालक्ष्मीका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो।

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा शुझबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै गरेको ना ३९ प ८४६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली–८ का टेकबहादुर सोमैको मृत्यु भएको छ।

झगडा छुट्याउन जाँदा मृत्यु

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा साेमबार मृत्यु भएको छ।

'कर छुट गराउन सक्रिय दिप बस्न्यातको प्रस्ताव नमान्दा म भ्रष्टाचारी भएँ'

म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ। बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु।... मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुबिधा छ।

दुई कोरियाका छुट्टिएका आफन्तलाई पुनर्मिलन गराइने

दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनर्मिलन गराउन दुवै देशका अधिकारी तयार भएका छन् ।दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन् ।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्