१३ आश्विन २०८१ आइतबार
image/svg+xml

किशोरकिशोरीको विकासमा नयाँ नीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले मंगलबार एक समारोहबीच किशोरकिशोरी स्वास्थ्य तथा विकास नीति–२०७५ सार्वजनिक गरेको छ। महाशाखाले पुरानो नीति बनेको १९ वर्षपछि परिमार्जित नीति निर्माण गरेको जनाएको छ।

सरिताको हत्यामा परिवारकै संलग्नता

सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

शरिर काँप्ने रोग नेपालमा पत्ता नलाग्ने भएपछि विरामी घर फर्काइयो

शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहरसहित घर फर्काइएको छ। हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएका रौतामाई गाउँपालिका ६ नामन्तका समाल मगर परिवारका आधा दर्जन बढी विरामीलाई रोग पत्ता नलागेको भन्दै घर फर्काइएको हो।

नेपाली रजतपटमा बलिउडको बाछिटा

खासमा नेपाली चलचित्र भारतको प्रविधि मात्र नभएर प्रभावबाटै शुरू भएको हो। अर्को शब्दमा भन्नुपर्दा, नेपाली चलचित्र बलिउड चलचित्रको बाछिटा हो।

‘ऋणको ब्याज तत्काल घट्दैन’

निक्षेपमा केही सुधार आए पनि लामो समय लगानीयोग्य रकमको अभावको खडेरी परेकाले तत्कालै कर्जाको ब्याजदर घट्ने सम्भावना त म देख्दिनँ।

उपहार

धन्न रेस्टुराँमा त्यो बेला कम मानिस थिए र ऊ चिच्याएको कसैले मतलब पनि गरेनन्। यो कुराको ख्याल आउनेबित्तिकै आकृतिले आफ्नो स्वर नरम बनाई। त्यसपछि अनायासै आँखाबाट बरर्र झरेका आँशुलाई न्यापकिनले पुछ्दै सुस्तरी भनी, ‘तिमी मेरो प्रेम र मेरो जीवनकै अधिकारी हौ भन्ने सोच्थेँ तर तिम्रो यस्तो सोच पहिलो पटक सुनेर म छक्क परिरहेकी छु।’

आदर्श अभिभावकत्वको कला

बच्चाहरु थरीथरीका हुन्छन्। कोही डेन्डेलिओन जस्ता हुन्छन् त कोही सुनगाभा जस्ता। कोही भने होपफूल मोन्सटर (आशवान राक्षस) हुन्छन्। डेन्डेलिओनहरू खासै सुन्दर फूल होइनन्, ती फूल लचिला हुन्छन्। जस्तोसुकै प्रतिकूल वातावरणमा पनि फस्टाउँछन्।

अध्यात्म र भौतिक विज्ञान बीचको अन्तर्सम्बन्ध

भौतिक विज्ञान र आध्यात्मिक विज्ञानबीच कस्तो सम्बन्ध हुन्छ? के भौतिक विज्ञानको मात्र विकासले मानव जातिको सम्पूर्ण विकास हुन्छ? आज ठूला र भौतिक विज्ञानले विकसित भएका आफ्ना सेवा सुविधाहरु प्रशस्त भएका मान्छेहरु आत्मिक रुपले सुखी छन्? भौतिक सुखसुविधाले मात्रै शान्ति महसुस गर्छन् कि गर्दैनन्?

भाग्य, कर्म र वातावरणको सम्मिश्रणः वर्तमान जीवन

जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ।

साना नानीलाई स्कुलभन्दा घर नै जाती

शिक्षा मनोविज्ञानले भन्छ– ६ वर्षको उमेरदेखि स्कुल उमेर सुरु हुन्छ। ६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन्।

बालबालिका जिद्धि गर्छन् ? यसो गर्नुस्

बालबालिकालाई बुझ्नु मुस्किल हुन्छ। किनकि बालबालिका कहिले र कहाँ जिद्धि गर्छन् भन्ने कसैलाई थाहा हुँदैन। परिवारका सदस्यबाहेक अरु मानिस भएका बेला यिनीहरू झन् जिद्धि गर्छन्। त्यतिबेला बालबालिकाहरू रुने, कपडा फोहर गर्ने, जमिनमा बस्ने लगायत हर्कत देखाउँछन्। यसले बालबालिकाका अभिभावक मात्रै होइन, वरपरका अरु मानिससमेत हैरान हुन्छन्। यो अवस्थामा बालबालिकालाई सम्हाल्न धेरै गाह्रो हुन्छ। किनकि यो अवस्थामा बालबालिकाहरू न कसैले भनेको सुन्छन् न त चुप लाग्छन्। कतिपयले बालबालिकालाई चुप लगाउन पिट्ने र रिसाउने गरेका छन्। यो गलत हो।

परिवार नियोजनका साधनबाट टाढै छन् मुगुवासी

मुगुको पूर्वीकरान क्षेत्रका लामा समुदायले धर्मविपरीत हुने भन्दै  परिवार नियोजन गर्न डराउने गरेका छन्।  मुगुम कार्मारोङ गाउँपालिकामा लामा समुदाको बाहुल्यता छ।

छाउले पारेको घाउ

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्