मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन
मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ।
मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ।
हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ। सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ।
भक्तपुरको रानीकोट क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्यविनायक नगरपालिका–७ रानीकोटमा दैनिक आन्तरिक पर्यटक आउन थालेको स्थानीयले बताए । भक्तपुरको सूर्यविनायकबाट दक्षिणको पहाडमा रहेको यो ठाउँंको मुख्य विशेषता भनेकै उच्च भूभागमा रहनु हो । उच्च पहाडी क्षेत्रमा परेकोले यहाँंबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।
सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय जाडो छल्न काठमाडौं लगायत विभिन्न जिल्ला जान थालेका छन् । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ ।
सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।
एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी साढे १५ लाखभन्दा बढी पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन्् २०१७ मा १५ लाख ५२ हजार पाँच सय ८५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब पौने तीन लाखले बढी हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत चार करोड ४७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन सुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार तीन सय ५८ पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।
पोखराका पर्यटन व्यवसायीले यसपटक (१९औं संस्करण) को सडक महोत्सवमा करिब तीन लाख स्वदेशी पाहुना भित्र्याउने लक्ष्य राखेका छन् । पाँचदिने महोत्सवमा तीन लाखभन्दा बढी पाहुना भित्र्याउन सकिनेमा व्यवसायी ढुक्क पनि छन् । पाँच दिनमा तीन लाखभन्दा बढी पाहुना भित्रिन्छन् त ? व्यवसायी भन्छन्, ‘शंका गर्नै पर्दैन, बरु, बढी आउलान्, थोरै हुँदैनन् ।’
खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट साढे ४ करोड रुपैयाँभन्दा बढीशुल्क उठेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले पछिल्लो तीन महिनामा ४ करोड ४७ लाख १६ हजार रुपैयाँ उठाएको हो ।
पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।
सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिकाको लुक्लामा पुल निर्माण गरीदै छ। खुम्बु–पासाङल्हमु गाउँपालीकाको आर्थिक लगानीमा खुम्बु प्रवेश गर्ने मुख्य प्रवेश द्धारको रुपमा लिईएको लुक्ला बजारमा पुल निर्माण गरीएको हो । पुल निर्माणको लागी खुम्बु पासाङल्हमु गाउँपालीकाले बजेट छुट्याएको छ।
खोटाङ जोड्ने पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको छ । खोटाङको जयरामस्थित दूधकोसीमा मोटरेबल पक्की पुल बनेपछि आवत–जावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक बढेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल चाप्टरले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउन ‘भिजन फाइभ मिलियन’ योजना सार्वजनिक गरेको छ । पाटाको बुधबार भएको ४१औं वार्षिक साधारणसभामा सरकार र निजी क्षेत्र मिलेर २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने योजना बनाइएको हो । पाटाले ‘भिजन फाइभ मिलियन’ योजना सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘ब्रान्डिङ’ गरी पर्यटक ल्याउनका लागि पहल गर्ने जनाएको छ ।
सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ।