अन्तुमा ओइरिए पर्यटक
सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडामा पर्यटकको ओइरो लागेको छ । एकैदिन ६ हजारसम्म पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे व्यवसायीलाई पर्यटक धान्न धौधौ छ ।
सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडामा पर्यटकको ओइरो लागेको छ । एकैदिन ६ हजारसम्म पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे व्यवसायीलाई पर्यटक धान्न धौधौ छ ।
चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट आठ अर्ब ११ करोड रुपैयाँ भित्रिएको हो ।
सरकारले स्थानीय तहले जथाभावी पर्यटक शुल्क असुल्न थालेपनि सरकारले रोक लगाएको छ। आफूखुशी चर्को शुल्क उठाउँदै आएको गुनासो पर्यटकबाट आएपनि आइतबार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो ।
पर्यटक आर्कषकको गन्तव्यका रुपमा चिनिने हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय मौसम शुरु भएपछि मुस्ताङको कागबेनी, छुसाङ हुँदै पैदल र गाडीमा दैनिक करीव एक सयको हाराहारीमा विदेशी पर्यटकहरू भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा नाका भएर एक हजार नाैं सय ६८ विदेशी पर्यटक भित्रिएका छन् । सोही नाका भएर एक हजार ३३८ पर्यटक बाहिरिएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आइतबारदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।
पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ। क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो। पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछन्।
चराको स्वर्ग भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटक आगमन दर बढ्दो छ। शान्तिपूर्ण अवस्थाले गर्दा पर्यटकको संख्या आगमन उत्साहजनक वृद्दि भएको हो । पछिल्लो चार बर्षको तथ्याङ्क हेर्दा पर्यटक आगमन लगातार उकालो लाग्दो छ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ। खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै विभिन्न विमान कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडानहरु गरिरहेको लुक्ला विमानस्थलका म्यानेजर योगेन्द्र कुँवरले बताए। ‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ’, उनले भने।
हाईअल्टिच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक वेलायटी पर्यटकको जनाको ज्यान गएको छ। पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा वेलायती नागरिकको मृत्यु भएको हो।
रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्याङ्क राख्न लागेको हो।
हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार अवलोकन र गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन दैनिक ३० भन्दा बढी आन्तरिक पर्यटक आउन थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता अहिले ह्वात्तै बढेको छ ।
तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैंया विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।
दुई वर्षअघिको भूकम्पका कारण घटेको पर्यटक आगमनमा पछिल्लो समय सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिएका छन् ।