२ मंसिर २०८१ आइतबार
image/svg+xml

मौलिकता मास्दै, पर्यटक बोलाउँदै !

बजेट घाटा, भुक्तानी असन्तुलन, व्यापार घाटा, डलरसँगको गिर्दो विनिमयदर, मुद्रास्फिति, बेरोजगारी, विकास बजेटको दुर्बल स्थिति- आर्थिक सूचकांकमा कमजोरीको पराकाष्ठा छ। सबै आर्थिक सूचकाङ्क डरलाग्दोसँग बिग्रिएका छन् । सानो बजार, भूपरिवेष्टित, अझ भारतवेष्टित र अर्को छिमेकी चीनपट्टि दुर्गम हिमाली भूगोलले हामीलाई वैदेशिक वृष्टिछायाँमा धकेलेको छ।

पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माण गरिने

सरकारले सार्वजनिक गरेको एक सयौं नयाँ पर्यटकीय गन्तव्यमा चितवनको पटिहानी पनि परेको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडालाई पनि समावेश गरिएको छ। भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ।

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायीको विश्वास छ।

दश महिनामा ११ लाखले गरे लुम्बिनी भ्रमण

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन्।

पर्यटक प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न अमेरिकाको आग्रह

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो।

साधुटार आउनेको संख्या उत्तिकै (फोटो फिचर)

गत वर्षदेखि पाँचथरमा चर्चा बटुल्न सफल नयाँ गन्तव्य साधुटार आउनेहरूको संख्या यो सिजनमा पनि उत्तिकै देखिएको छ। ‘फोटो जेनीक’ ठाउँको समेत उपनाम पाएको यो ठाउँमा हिउँद लागेदेखि घुम्न आउनेको संख्यामा उलेख्यमात्रमा वृद्धि भएको छ।

दोहोरो करको मारमा विदेशी पर्यटक

पर्यटकीय नगरी नगरकोट जाने विदेशी पर्यटक दोहोरो करको मारमा परेका छन्। चाँगुनारायण नगरपालिका र मन्डनदेउपुर नगरपालिकाले छुट्टाछुटै ढंगले नगरकोट भित्रिने विदेशी पर्यटकसँग दोहोरो कर असुलेर पर्यटकमाथि आंतक मच्चाएका छन्। चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षदेखि नगरकोट प्रवेश गर्ने पर्यटकसँग पर्यटक प्रवेश शुल्क उठाउन थालेको हो।

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

झोलुङ्गे पुलले बढ्याे पर्यटक अागमन

जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। अग्ला पुलबारे स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो।

सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र हिमाल मजाले खुलेको छ। मोहित तुल्याउने सुर्योदयको दृश्य देख्न थालिएको छ।

लाङटाङका होटल पर्यटकले खचाखच

भूकम्पले क्षतिग्रस्त पदमार्ग, निजी आवास र धार्मिक सम्पदा पुनर्निर्माण भएसँगै लाङटाङमा पर्यटक आउने क्रम बढेको छ । भूकम्प गएको वर्ष पर्यटकको आगमन नभएको पर्यटकीय क्षेत्र लाङटाङमा दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन् । यो सिजनमा दैनिक डेढ सयको हाराहारीमा पर्यटक पुगेका छन्।

बन्दीपुरमा बन्ने भयो कृत्रिम ताल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ। पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो।

‘उत्साहजनक छैन पर्यटकीय सिजन’

पर्यटन क्षेत्रमा सेप्टेम्वर–नोभेम्वर मुख्य सिजन मानिन्छ । केही वर्षअघिसम्म मुख्य सिजनमा विदेशीको आगमनले पर्यटन क्षेत्रको चहलपहल ह्वात्तै बढ्ने गर्दथ्यो।

राज्यको नजरमा नपरेका पर्यटकीय गन्तव्य

तत्कालिन कर्णालीको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ मन्दिर धार्मिक पर्यटन केन्द्र हो।

पाँचवटा आन्तरिक विमानस्थल विस्तार गरिँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्