६ आश्विन २०८१ आइतबार
image/svg+xml

इलाममा जेठ ३१ सम्म निषेधाज्ञा

यो अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ।

गृह जिल्लालाई सहयोग जुटाउँदै इलामवासी

काठमाडौंबाट इलाम ल्याइएको सामग्री प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कामार्फत् मंगलबार हस्तान्तरण गरिएको हो। सर्जिकल मास्क १ लाख थान, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) ४ सय सेट, एन्टिजेन किट ३ सय थान, केएन ९५ मास्क २ हजार ५ सय थान, पल्स अक्सिमिटर २५ थान, सेनिटाइजर १ सय थान, प्यारासिटामोल १० हजार थान र जिन्क ५ हजार थान प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

इलाममा अक्सिजन प्लान्ट राख्न जुट्यो बजेट

इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँको सहमति सोमबार दिएको हो।

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।

इलाममा कोरोनाबाट दुईजनाको मृत्यु, ५४ संक्रमित

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।

इलामका दुर्गाप्रसादको उपचार सुरु

दुर्गाप्रसादलाई मानसिकसहित ढाड, पेट र दाँतको समस्या देखिएको छ। ‘जेल बस्दा यातनाका साथै मानसिक र शारीरिक तनाव बढी भएका कारण डिप्रेसनमा परेजस्तो देखिन्छ,’ डाक्टर कोइरालाले भने, ‘उनमा मानसिक समस्या निकै जटिल बनेको जस्तो छ। शरीरको परीक्षण थालिएको हुँदा सबै रिपोर्ट आएपछि स्वास्थ्यसम्बन्धी समस्या के रहेछ यकिन हुन्छ।

४० वर्षदेखि परिवारबाट टाढा रहेका तिम्सिना भन्छन्ः आमालाई भेट्न आतुर छु

चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।

इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् ।

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।

विद्यालय संरचनाको साढे चार करोड बेरुजु

शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ। केही महिनाअघिसम्म कार्यालयले विद्यालयमा भएका भौतिक निर्माणको झन्डै ९ करोड रूपैयाँ बेरुजु फस्र्योट गर्न बाँकी थियो।

अब इलाममै डाइलाइसिस सेवा

एकपछि अर्काे महत्वपूर्ण स्वास्थ्य उपकरण थपिरहेको इलाम अस्पतालमा बिरामीले अब डाइलाइसिस सेवासमेत पाउने भएका छन्। कतिपयलाई सातामै २ पटकसम्म आवश्यक पर्ने मृगौलाको डाइलाइसिस सेवा लिन यहाँका बिरामी झापा, विराटनगर, धरानलगायत सहरमा धाउनुपर्ने बाध्यता थियो।

सार्वजनिक सवारीमा मनपरी भाडा

प्रायः छोटो दुरीका सवारीले यात्रुबाट प्रतिकिलोमिटर १२ देखि २० रूपैयाँसम्म ठटाइर हे पनि प्रहरी–प्रशासन ‘उजुरी नै नआएको’ बहाना गर्दै चुपचाप बसेपछि सवारीको मनपर्दी बढेको हो।

होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

पर्यटन वर्ष लक्षित गरेर जिल्लाका होटलमा ३० करोड रूपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।

‘इलाम दरबार’मा सजाइँदै संस्कृति

सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महत्वको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ । सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ अरनिको सांस्कृतिक संग्रहालय स्थापना गर्न लागिएको हो ।

विप्लवका इलाम इन्चार्जसहित तीन पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ३ जनालाई विष्फोटक पदार्थसहित पक्रेको छ । मंगलबार बिहानको राति उनीहरूलाई माई नगरपालिका–९, बोरुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्