coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाममा कोरोनाबाट दुईजनाको मृत्यु, ५४ संक्रमित

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । आइतबार इलाम नगरपालिकामा ४, रोङ गाउँपालिकामा २ तथा सूर्याेदय र माई नगरमा १÷१ जना गरी ८ जना थपिएका छन् । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरमा सबैभन्दा बढी २३ जना संक्रमित छन् । भारतसँग सीमा जोडिएको रोङ गाउँपालिकामा १५, चुलाचुलीमा ५, सूर्याेदयमा ४, माईमा ३, फाकफोथुम गाउँपालिकामा २, देउमाई नगर र माइजोगमाई गाउँपालिकामा १÷१ जना संक्रमित भएको कार्यालयले जनाएको छ ।

जिल्लामा २१ महिला र ३३ पुरुष संक्रमित भएको सिडिओ ध्रुबबहादुर खड्काले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका विद्यालय, हाटबजार, मेला, उत्सवलगायत मानिस भेला हुने सबैखाले कार्यक्रममा रोक लगाइसकेको छ । अन्त्यावश्यक सेवाको प्रयोगमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ । ‘स्वास्थ्य मापदण्डको पालना के–कस्तो छ भनेर प्रशासनले अनुगमन गरेको छ,’ सिडिओ खड्काले भने, ‘इलाम बजारका पसलले ग्राहकका लागि स्वास्थ्य मापदण्ड पालना गराएको नपाएकाले आवश्यक निर्देशन दिएका छौं ।’

प्रकाशित: २० वैशाख २०७८ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App