१६ असार २०८१ आइतबार
image/svg+xml

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ। यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ।

पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ।

नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवर्द्धनअन्तर्गत बी टु बी (बिजनेस टु बिजनेस) कार्यक्रम पनि सम्पन्न गरिएको छ। नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत गन्तव्य प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवर्द्धनका विषयमा छलफल भएको थियो।

नेपाल–बङ्गलादेश ऊर्जा सचिव बैठक : संयुक्त लगानीमा सुनकोशी तेस्रो निर्माण गर्ने सहमति

दुई देशको संयुक्त बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशका विद्युत् ऊर्जा, तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षता रहेको थियो।

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो।

बङ्गलादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै काेराेना सङ्क्रमित

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ। महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको २ दिने भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणको क्रममा आज बङ्गलादेश पुगेका छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बङ्गलादेशको भ्रमण गरेका हुन्।

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन्। उनी यही चैत ९ र १० (भोलि र पर्सी) गते त्यहाँको राजकीय भ्रमणका लागि जाँदै छिन्।

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ। रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो।

नेपाल बङ्गलादेश बैँकद्वारा १५ लाख बीमा दाबी भुक्तानी

नेपाल बङ्गलादेश बैँकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको १५ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ ।

बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना

महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।

भारतीय कम्पनीले बनाउने, बंगलादेशले खरिद गर्ने

बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ।

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्