८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बङ्गलादेश बैँकद्वारा १५ लाख बीमा दाबी भुक्तानी

नेपाल बङ्गलादेश बैँकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको १५ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ । बैँकको धनकुटास्थित सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक शाङ्गे शेर्पाको दुर्घटनामा निधन भएपछि बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको रकम उनकी श्रीमती पेमलमु शेर्पालार्ई हस्तान्तरण गरेको बैँकले जनाएको छ ।  

बैँकको काठमाडौं कमलादीस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रमको अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले उक्त बीमा दावी रकम हस्तान्तरण गरेका हुन् । बैँकले हाल ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० एटिएमवुथमार्फत बैँकिङ् सेवा दिँदै आएको छ ।

प्रकाशित: ३० असार २०७७ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App