१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ। दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवर्द्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता अघि बढाउने विषयमा छलफल भएको हो।

क्षेत्रीय पर्यटन प्रवर्द्धनअन्तर्गत बी टु बी (बिजनेस टु बिजनेस) कार्यक्रम पनि सम्पन्न गरिएको छ। नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत गन्तव्य प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवर्द्धनका विषयमा छलफल भएको थियो। पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी कात्तिक ३० गते नेपाल आएका थिए। बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी थिए। उक्त टोली आजै स्वदेश फर्किएको छ।

सोही सन्दर्भमा काठमाडौँमा शनिबार आयोजित ‘टुरिज्म प्रमोसन एन्ड एक्सजेन्ज प्रोग्राम’ सम्बन्धी औपचारिक समारोह तथा बी टु बी कार्यक्रम गरियो। उक्त कार्यक्रममा दुवै देशबीचको पर्यटन प्रवर्द्धन, व्यवसायिक सम्भावना र आगामी सहकार्यबारे छलफल भएको थियो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाल र बङ्गलादेशबीचको पुरानो सम्बन्धलाई सुमधुर बनाउँदै पर्यटन प्रवर्द्धनका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा सहकार्य गरिनुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले क्षेत्रीय पर्यटन प्रवर्द्धनको अवधारणाअनुरुप बोर्डले विभिन्न गन्तव्यमा परिचयात्मक भ्रमणको कार्यक्रम बनाएको र यसले दुवै देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

बङ्गलादेश पर्यटन बोर्डका उपनिर्देशक मोहम्मद साइफुल हसनले दुवै देशको प्राकृतिक सुन्दरता र भौगोलिक विविधतालाई पर्यटनको माध्यमबाट लाभ लिनेगरी रणनीतिक प्रवर्द्धनका कार्यक्रम बनाइनुपर्ने औँल्याए।

पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीदले दुई देशबीचको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै सामूहिक रुपमा पर्यटन प्रवर्द्धजका कार्यक्रम अघि बढाइनुपर्ने बताए। उनले कोभिड महामारीले थलिएको पर्यटन प्रवर्द्धनका लागि नयाँ सोच र अवधारणाअन्तर्गत क्षेत्रीय पर्यटन प्रवर्द्धननमा जोड दिइएको उल्लेख गरे।

कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको थियो। पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बडालले जानकारी दिए। रासस

प्रकाशित: ५ मंसिर २०७८ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App