१ मंसिर २०८१ शनिबार
image/svg+xml

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।

भारतका हर्षलाई उपाधि

भारतीय इन्टरनेसनल मास्टर हर्ष बर्थाकोटीले काठमाडौंमा सम्पन्न भएको ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

पिएसजीलाई उपाधि

साबिक विजेता मोनाकोमाथि ७–१ को प्रभावशाली जित हात पार्दै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार फ्रेन्च लिग वानको उपाधि जितेको छ।

पाँचथर गोल्डकपको उपाधि झापालाई

साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाले फिदिममा सम्पन्न दोश्रो पाँचथर गोल्ड कपको उपाधि चुमेको छ। आइतबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्टाइकर समेत रहेका नवयुग श्रेष्ठको दुई गोल प्रेरित झापाले न्यू स्टार क्लव सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

फाइटर्सलाई मारवाडी क्रिकेट उपाधि

फाइटर्सले टिपटप–११ लाई ८ रनले पराजित गर्दै शनिबार टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ।

मेयर कपको उपाधि एपिएफलाई

इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

लगातार दोस्रो पटक डिपिएलको उपाधि टिम चौराह धनगढीलाई

लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि टिम चौराह धनगढीले जितेको छ।

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई

नेपाल कमर्स क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ।

उपाधि जित्नेमा दुवै कप्तान विश्वस्त

रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको उपाधिका लागि शुक्रबार (आज) साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन्।

पाँचपोखरी उपाधिनजिक

विशाल योन्जन गरेको एक मात्र गोल निर्णायक बन्दा पाँचपोखरी थाङपाल क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको फाइनल प्रवेश गरेको छ।

केशवलाई बुद्धिचाल उपाधि

गोल्डेनगेट कलेजका केशव श्रेष्ठले सोमबार गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

थ्री स्टारलाई विराट गोल्डकप उपाधि

स्ट्राइकर विमल घर्तीमगरको दुई तथा अनन्त तामाङको एक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब विराटनगरमा भएको पाँचौं विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

उपाधि संख्या बढाउने लक्ष्य

विराटनगरस्थित सहिद रंगशालमा मोफसलमै पहिलो पटक आयोजना भई रहेको डे नाइट फुटबल प्रतियोगिताको आज सोमबार फाइनल हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्