६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

केशवलाई बुद्धिचाल उपाधि

काठमाडौं – गोल्डेनगेट कलेजका केशव श्रेष्ठले सोमबार गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

जावलाखेलमा भएको खेलमा केशवले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गर्दै उपाधि चुमेका हुन् । विजयी श्रेष्ठले मोटरसाइकल पुरस्कार पाए भने उपविजेता क्षितिजले ५० हजार रुपैयाँमा चित्त बुझाए।

ब्लिट्ज टाइब्रेकरमा रूपेश जयसवाललाई हराउँदै श्रेयंकर साकोसका सुमित पन्त तेस्रो बने । पन्तले नगद ३० हजार हात पारे पनि पराजित भएका रूपेशले २५ हजार रुपैयाँ पाए।

महिलातर्फ शान्ति धिमाल पहिलो, स्नेहा यादव दोस्रो,मार्सल तामाङ तेस्रो, शीतलकुमारी चौथो र तेजश्विनी तामाङ पाचौं भए।

प्रकाशित: २७ चैत्र २०७४ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App