उपाधिका लागि आर्मी र एपिएफ भिड्ने
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।
पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेटको उपाधि पञ्च पोखरी क्रिकेट क्लबले जितेको छ। रोयल इन्डोर क्रिकेट क्लबलाई पराजित गर्दै पञ्चपोखरीले उपाधि हात पारेको हो।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) शीर्ष स्थानको मनाङ मर्स्याङदीले च्यासल युथ क्लबको सामना गर्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
आत्मराम सिम्खडाले शनिबार बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।
क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए।
आयोजक सेन्चुरी बैंकले शनिबार सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको पाँचौं संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा सेन्चुरीले एनआइसी एसिया बैंकमाथि तीन विकेटको जित निकाल्दै उपाधि आफ्नो बनायो।
नेपाल प्रहरीका भूमिराज राईले शनिबार नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। क्रिएटिभ ह्यान्डको आयोजनामा भएको प्रतियोगितामा राईले २ घण्टा ३३ मिनेट २० सेकेन्डमा दौड पूरा गरेका थिए।
पोखरा ट्रेल रेस सिरिजअन्तर्गत मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरुषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन्। उनले ५५ किलोमिटरको दूरी ६ घण्टा २२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पारेको हो।
उदयपुरमा सम्पन्न ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधि डिसिटी सुनसरीले चुमेको छ। चौदण्डीगढी नगरपालिकाको बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा मंगलबार सम्पन्न फाईनल खेलमा डिसिटीले ४–० गोल अन्तरले बारा ११ युथ क्लव बारालाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो।
साविक विजेता शिवराम श्रेष्ठले नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि जितेका छन्।
भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार (आज) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ६ः४५ बजेपछि सुरु हुनेछ।
विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले बुधबार आधी–आवादी एनभिए महिला भलिबल लिगको उपाधि जितेको छ।
बंगबन्धु गाेल्डकपमा उपाधि रक्षाको लक्ष्यका साथ बंगलादेश भ्रमणमा निस्किएको साबिक विजेता नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगलबार ताजकिस्तानसँग खेल्नेछ।
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। युएईमा शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ३ विकेटले स्तब्त्र पार्दै भारतले सातौं पटक प्रतियोगिताको उपाधि जितेको हो।