२१ आश्विन २०८१ सोमबार
image/svg+xml

श्रममन्त्री भण्डारीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन्। आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन।

विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ।

चिसो माघमा न्यानो ‘ल्होछार’

तामाङ समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्छन्।

सिक्लेसी भावना जोड्दै माघे संक्रान्ति मेला

मन्दिर दर्शन गरेमा आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले उनी भाकल पूरा गर्न छोरीका साथ मन्दिर आएकी हुन्। मेलाको अनुभव होस् भन्ने उद्देश्यले छोरीहरूलाई पनि ल्याएको उनी बताउँछिन्।

माघीपर्व मनाउँदै थारू समुदाय

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।

माघे सङ्क्रान्तिका लागि तरुल, आलु र सखरखण्ड किन्नेको भिड (फोटोफिचर)

सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

‘२०५९ माघ १९’ को झझल्को

मोबाइल, ल्यान्डलाइन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झझल्को महसुस गरेको गाईघाटका साइमन बिष्टले बताए। ०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्कविच्छेद भएको थियो।

टोखाका व्यापारीलाई चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ। माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार माग बढी हुने गर्दछ।

टोखाका उद्योगी चाकु बनाउँन व्यस्त

माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाएको जानकारी दिए। त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्