२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल र युएई भिड्दै

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा शुरु हुनेछ।

नेपालले टस जित्यो, पाकिस्तानको चार विकेट पतन

नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिय कपमा पाकिस्तान एविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

नेपालले सिक्न सक्ने अन्तर्राष्ट्रिय पाठ

पछिल्लो ४० वर्षको सेरोफेरोमा केही एसियाली मुलुकले आर्थिक समृद्धि र स्थायित्व हासिल गरिरहेका ज्वलन्त उदाहरण हामीसँगै छन्। हामी भने गलत नीतिकै कारण अहिले पनि उनीहरूकै समृद्धि हेरेर चित्त बुझाउन बाध्य छौँ।

सत्ताधारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

बजाजको फाइनान्स जात्रा सुरु

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्रा सुरु गरेको छ।

सरसफाइ प्राविधिकलाई स्वदेशमै अवसर

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ।

प्रिन्स र रसिला छनोट

प्रिन्स दाहाल र रसिला महर्जन आगामी सेप्टेम्बरदेखि चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली ब्याडमिन्टन टोलीमा छनोट भएका छन्।

‘मैत्रीपूर्ण खेलपछि मात्र साफको रणनीति’

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले फिलिपिन्सविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलपछि मात्र साफ च्याम्पियनसिपको रणनीति बनाउने बताएका छन्।

बिहारको न्यून चापिय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको बक्सिङ्ग प्रशिक्षण सम्हाल्न विदेशी प्रशिक्षक

१९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन।

शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिँदै

नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार। विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन्।

‘होचो स्थानका होचै सपना’

नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ।

सावित्रालाई स्कुटर हस्तान्तरण

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्