१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ताधारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताए।

अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको उनले बताए। सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको उनको जिकिर थियो।

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे। उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको प्रष्ट पारे।

उनले भने, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ। गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला। तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ। सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन्। अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन। कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो। कमजोरीप्रति आँखा चिम्लिने पनि होइन। त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे। उनले आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताए।

प्रकाशित: २९ जेष्ठ २०८० ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App