१७ असार २०८१ सोमबार
image/svg+xml

बैतडीमा एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै

पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले। चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे। निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरे।

उच्च अदालतले भन्यो: 'ललिता निवास क्षेत्र खाली नगराउनु'

उच्च अदालत, पाटनले बालुवाटारस्थित ललिता निवास क्षेत्र खाली नगराउन अन्तरिम आदेश दिएको छ।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’

बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्।

पर्यटनले सप्रिदै ढोरपाटन

काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन्। स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन्।

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको आज हृदयाघातबाट निधन भएको छ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छः प्रधानमन्त्री

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति समेत रहेका दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए।

यस्ता छन् प्रधानमन्त्रीको आजका कार्यक्रम

उनी अहिले बिहान ९ बजेदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा छलफलमा सहभागी भइरहेका छन्।

सहकारी ठगी प्रकरणमा फरार ढोरपाटन नगरप्रमुख नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।

नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगराऊ: अदालत

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगर्न नगराउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्