११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

मनाङ र बारामा सिधा जहाज सञ्चालन

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

ग्राउन्डेड जहाज माघभित्र बनिसक्ने

राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका लागि सानाठूला गरेर नौवटा जहाज छन्। त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा। तर, यी १४ मध्ये ६ वटा जहाज भने ग्राउन्डेड छन्।

तीन विकल्पमा निगम

वित्तीय संकटमा परेको नेपाल वायुसेवा निगमले दुई वाइड बडी जहाज किन्दा लिएको ऋणको किस्ता (ब्याज र साँवा) बुझाउन नसकेपछि के गर्ने भन्ने विकल्पमा अल्झिएको छ।

वाईडबडीको अन्तरकथा

६० वर्षको अन्तरालमा नेपाल वायुसेवा निगम (नेवानी) ले पहिलो पटक दुईवटा वाईडबडी एयरबस सञ्चालन गर्दा देशभर खुसियाली छाउनु पर्नेमा वायुसेवा निगम तथा यसको सञ्चालक सर्वत्र आलोचनाको पात्र बनेका छन्।

‘वाई १२–ई’ जहाज थन्किएको थन्कियै

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनेर आएपछि मदन खरेलले ‘वाई १२–ई’ सिरिजका चारवटै चिनियाँ जहाज सञ्चालनमा ल्याउन परीक्षण उडान गराए पनि दुईवटा जहाज थन्किएको थन्कियै छन्।

स्थिति अध्ययन गर्न इयू प्रतिनिधि नेपाल आउने

नेपाली हवाईजहाजलाई युरोपको आकाशमा उड्न लगाइएको प्रतिबन्ध हटाउन सरकारको अनुरोधपछि युरोपेली संघ (इयू) का प्रतिनिधि नेपाल आउने भएका छन्।

‘कांसाकार ज्यू, राजीनामा दिनुस अन्यथा मन्त्रीले हटाउनुस’

सत्तारुढ दलका सांसदले नै  वाईड बडी जहाज खरिदमा अनियमितताको मूख्य सुत्रधार रहेको भन्दै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा मागेका छन्।

‘वाइडबडी खरिदमा अनियमितता भएको भेटिए कारबाही गर्छौं, सोधभर्ना गराउँछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भेटिए कारबाही गर्ने स्पष्ट पारेका छन्। जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेको र मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाइयो भने हामी शोधभर्ना गराउँछौं। सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं।’

युक्रेनी जहाज रुसी कब्जामा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ।

‘वाइड बडी’ खरिद प्रकरण : दोषी भेटिए कारबाही

नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

निर्मलाका बुवालाई जहाजमा पठाउने प्रयास असफल, अब जीपमा काठमाडौं लगिने

छोरी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै संघर्ष गरिरहेका यज्ञराज पन्तलाई उपचारका लागि जहाजबाट काठमाडौं पठाउने प्रयास असफल भएको छ। अब उनलाई जीपमार्फत पठाउने तयारी सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ।

जहाजभित्रै यात्रुको मृत्यु

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको ट्वीन-अटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ। शनिवार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी  कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका छन्।

वाइडबडी जहाज खरिद प्रकरण : संसदीय समितिमा चर्काचर्की, छानबिन उपसमिति गठन

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले शुक्रवारै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा छानबिन उपसमिति गठन गरेको छ। समिति सदस्य प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्