११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वाइडबडी प्रकरणभित्रको रहस्य

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी छानबिन प्रतिवेदनमा ‘गलत तरिकाले विमान खरिदमा भ्रष्टाचार गर्दै जम्माजम्मी ४ अर्ब ३५ करोड अनियमितता भएको’ निष्कर्ष निकालेको छ।

लेखा समितिद्वारा सचिवलाई निलम्बन र मन्त्रीहरुलाई कारवाही सिफारिस, राई निर्दोष

सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ। सोमवार विहान बसेको समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको हो।

मन्त्री अधिकारीले भने, ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको ९ अर्ब जोखिममा पर्थ्यो’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। सोमवार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको बताए। ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको निगमको ९ अर्ब जोखिममा पथ्र्यो’, अधिकारीले भने।

पर्यटनमन्त्रीले बाेलाए पत्रकार सम्मेलन, राजीनामा नदिने

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बाेलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताएका छन्। पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ। यो कुनै मजाकको विषय होइन।”

वाइड बडी प्रकरण : छानबिन प्रतिवेदनमा छलफल नहुँदै आयोग

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी घोटाला विषयमा तयार गरेको प्रतिवेदनमाथि छलफल हुन नपाउँदै सरकारले छानबिन आयोग गठन गरेको छ।

#पानीजहाज # गगनको माइक # प्रियंका र निकको रोमान्स #धुलो उडाउने ब्रुमर #बल्छी धुर्वे

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।

संसदमा प्रधानमन्त्रीलाई प्रश्नः पानी जहाज कहाँबाट चल्यो ?

गत असार १४ गते एक सार्वजनिक कार्यक्रममा नेपालमा पानी जहाज चल्ने मिति तोकेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज संसदमा जहाज चलेको स्थानबारे जानकारी दिन माग गरिएको छ।

वाइड बडी अप्रेसनमा

उन्डेड भएको नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज मर्मत भएर अप्रेसनमा आएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएपछि ग्राउन्डेड भएको जहाज मर्मतपछि आइतबारदेखि नियमित उडानमा आएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

नेपाल वायुसेवा निगमले माघ अन्तिम (फ्रेब्रुअरी पहिलो साता) जापन ओसाका सहरमा वाइड बडी जहाज उडाउने बताइरहेको छ। त्यसको लागि निगमले आन्तरिक तयारी समेत थालेको छ। तर, निगमले जापन उडानको लागि लिनुपर्ने अनुमति भने अझै टुंगो लागेको छैन्।

वाइड बडी बेच्न एक घन्टाको लागि कम्पनी खडा

नेपाल वायुसेवा निगमलाई दुईवटा वाइड बडी जहाज बेच्न एक घन्टाको लागि बिचौलिया कम्पनी खडा गरेको पाइएको छ। जहाज खरिदमा अनियमितता भएको चर्चा चल्न थालेपछि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले गरेको छानबिनले उक्त तथ्य पत्ता लगाएको हो।

मन्त्री अधिकारीले ढाँटे : महालेखा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद गर्दा महालेखापरीक्षक कार्यालयसँग परामर्श लिएर रकम भुक्तानी गरेको बताए पनि महालेखा कार्यालयले मन्त्री अधिकारीले परामर्श नगरेको स्पष्ट पारेको छ।

वाइड बडी अन्नपूर्ण दोस्रोपटक ग्राउन्डेड

नेपाल वायुसेवा निगमको वाइड बडी (अन्नपूर्ण) जहाज ग्राउन्डेड भएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएको देखिएपछि ग्राउन्डेड गरिएको निगमले जनाएको छ। यसअघि सोही जहाज कात्तिक २२ गते बे्रक सिस्टममा खराबी देखिएपछि कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको थियो। त्यसको तीन हप्तापछि उक्त जहाज फेरि ग्राउन्डेड भएको हो।

‘छलफल गरेरै भुक्तानी’

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिदमा आफूले सरोकारवाला निकायसँग परामर्श गरेरै रकम भुक्तानी गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्