५ मंसिर २०८१ बुधबार
image/svg+xml

गौतमको शवयात्रामा हजारौं सहभागी

भारती सीमा सुरक्षाबलको (एसएसबी) गोली प्रहारबाट मृत्यु भएका पुनर्वास नगरपालिका ८ का गोविन्द गौतमको शवयात्रामा हजारौ सहभागि भएका छन्।

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै जारी गरेको ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

नेविसंघ नेतृकाे शव झुण्डिएकाे अवश्थामा फेला

स्याङजाको फेँदीखोलास्थित सिद्धार्थ क्याम्पसमा नेवीसंघको तर्फबाट सभापतिको उम्मेद्वार बनेकी २० वर्षीया रीमा क्षेत्रीको शव भेटिएको छ।

विदेशबाट बढी शव आउनेमा नवलपरासी

मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

तमोर नदीमा एक व्यक्तिको शव फेला

ताप्लेजुङ खेजेनिम गाविसका कुलबहादुर लिम्बू तमोर नदीमा मृत फेला परेका छन् ।  बिहीबार सदरमुकामदेखि सिँवाका लागि छुटेको जिपमा घर जाँदै गरेका लिम्बू हाङ्देवा गाविसमा पुग्दा ओर्लिएर बेपत्ता भएका थिए।

साउदीबाट शव ल्याउनै गाह्रो

पाँच वर्षअघि साउदी अरेबियाको दमाम मेडिकलमा निधन भएका रामेछाप, हिलदेबी–५ का बमबहादुर तामाङको शव बुधबार नेपाल आइपुग्यो। आशा मारेर काजकिरियासमेत गरिसकेको बेला शव प्राप्त गर्दा घरपरिवार कम्ती खुसी थिएन। तर, साउदीमा अझै १२ वटा शव नेपाल आउने प्रक्रियामा रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ।

एमबिबिएस अध्ययरत एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला

भक्तपुरको दुवाकोटस्थित एक कलेजमा अध्ययनरत भारतीय एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।

साधुको शव बोराभित्र हालेर खोलामा फालिएकाे भेटियाे

पर्सामा एक जना साधुको लास बोराभित्र राखेर खोलामा फालिएको अवस्थामा फेला परेको छ । पाँच दिनदेखि गाउँमा देखिन छाडेका लंगडी–२ घर भएका अन्दाजी ६० वर्षे हिरालाल दासको लास लंगडी र मुड्ली गाउँको बीचमा पर्ने सिक्टा नदीमा बुधबार दिउँसो करिब १२ बजे फेला परेको हो।

६ दिनदेखि हराइरहेकी युवतीको शव खाल्टोमा पुरिएको अवस्थामा भेटियो

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ।

बंगलादेशविरुद्ध भारतको सहज विजय

स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाप्रेरित भारतले बंगलादेशविरुद्धको एक मात्र टेस्टमा सोमबार २ सय ८ रनको सहज जित हात पार्दै शृंखला जितेको छ। यस जितपछि आगामी महिना घरेलु मैदानमा अस्ट्रेलियाको सामना गर्ने तयारीमा रहेको भारतको मनोबलसमेत बढेको छ।

बंगलादेशविरुद्ध कीर्तिमानको ओहिरो

उच्च लयमा रहेका कप्तान विराट कोहलीले अर्को दोहोरो शतक पूरा गर्दा शुक्रबार भारतले बंगलादेशविरुद्ध हैदराबादमा जारी टेस्टको दोस्रो दिन कीर्तिमानी योगफल खडा गरेको छ। लगातार ४ शृंखलामा दोहोरो शतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका कोहलीले २ सय ४ रन बनाए। भारतले ६ सय ८७ रनमा इनिङ समाप्तीको घोषणा गर्दा ३ ब्याट्सम्यानले शतक पूरा गरे।

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ।

न्यायाधीशविरुद्ध मुद्दा नलिन परिपत्र

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध मुद्दा नलिन मातहत सबै अदालतलाई परिपत्र गरेको छ। 'न्यायाधीशलाई व्यक्तिगत रुपमा विपक्षी बनाई मुद्दा दर्ता नगर्न' सबै प्रकारका अदालतलाई यसअघि नै भएको निर्देशनात्मक आदेशअनुसार सर्वोच्चले उच्च अदालत, प्रशासकीय अदालत, विशेष अदालत, न्यायाधिकरण, श्रम अदालत सहित सबै इजलासलाई मंगलबार परिपत्र गरेको हो।

विभिन्न स्थानमा एक महिलासहित चार जनाको शव फेला

देशका विभिन्न स्थानमा तीन पुरुष र एक महिला मृत फेला परेका छन्। कास्कीको पोखरा उपमहानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कमा करिब ४६ वर्षीय पुरुष मृत फेला परेका हुन्। उनको पहिचान खुल्न नसकेको पोखरा प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्