६ आश्विन २०८१ आइतबार
image/svg+xml

गण्डकीका मुख्यमन्त्रीको निर्देशन: औषधी र स्वास्थ्य उपकरण ‘स्टोर’ मा थुनेर नराख्नुस्

स्टोरमा औषधि हुँदाहुँदै पनि स्थानीय तहलाई नदिएको पालिकाका जनप्रतिनिधिको गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं बुधबार औषधि र स्वास्थ्य उपकरणको मौज्दात बुझ्न सरकारी स्टोरमा पुगेका छन्।

मुख्यमन्त्रीहरुको अन्तरप्रदेश भेला स्थगित

पोखरामा बुधबार हुने भनिएको सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थागित भएको छ। प्रधानमन्त्रीलाई दवाब दिन हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको हो।

सञ्चार विधयक छिट्टै ल्याउछौंः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन्।

मुलुकलाई अराजकतातिर लैजाने कोसिस भइरहेको छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको बताएका छन्।

यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन्।

गण्डकी प्रदेशः दीपक मनांगेलाई मन्त्री बनाउनै पर्ने दवावमा मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गर्दैछन्। शुक्रबार चारजना मन्त्री थप्ने तयारी मुख्यमन्त्रीको छ। चारजना मन्त्री थपिएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्नेछ।

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।

१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मुख्यमन्त्री बनेको एक हप्तामै विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो।

दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढी रहँदा सरकार भने मूकदर्शक बन्नुपरेको बताएका छन्।

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष शपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्