तस्बिरमा सुनकोशी बस दुर्घटना
सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।
सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।
सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिकाएका बहादुर गुरुङले गाउँपालिकालाई १७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गाउँपालिकाको कार्यालय निर्माणको लागि गुरुङ परिवारले सोमबार थुलुङ दुधकोशी गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएका छन्।
थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए।
यो भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडक हुनेछ। यो सडकबाट व्यापार गर्दा दुवै देशलाई लाभ हुन्छ। दुवै छिमेकीले यसलाई व्यापारिक सडकको रुपमा प्रयोग गर्दा नेपाललाई पनि ठूलो लाभ हुनेछ।
पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशय युक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका छन्।
सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्ग अन्तर्गत पर्ने छ किलोमिटर सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ।
लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन्। सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन्।
कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको सुनसरी प्रहरी कार्यालयले जनाएको छ।स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।
ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।
कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन्।