८ महिनामा २९ पर्यटक भित्रिए
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ।
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ।
चन्द्रागिरि भञ्ज्याङ हुँदै थाहा नगरपालिका प्रबेश गर्ने सडक बिस्तार हुँदैछ । दुई वर्षभित्र सडक पक्कि भएपछि हाम्रो क्षेत्रमा पर्यटक बढ्ने आशा गरेका छौं ।
आफ्नो खाली कोठा बेड एंड ब्रेकफास्ट सेवामा लगाई राम्रो व्यवासय संचालन गर्ने ट्रेन्ड नेपालमा पनि भित्रिएको छ र यस्तै सेवा विश्वभरीका पर्यटकहरुको पहिलो रोजाई बनेको छ ।
फागुपूर्णिमाको दिन बिहीबार रगहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ। यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।
पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउने बताएका छन्। गुरुङले प्रदेश ४ लाई नेपालकै नमुना प्रदेश बनाउने घोषणा गरे। जलविद्युत्, पर्यटन, कृषिमा सम्भावना रहेको प्रदेशमा लगानीमैत्री वातावरण बनाउने उनको भनाई छ।
मकवानपुरको कुन्छाल गाउँमा शनिबार साँझ मौलिक लाखे नाचको दृश्य पर्यटकको लागि थकान मेटाउने कोसेली बन्यो । यस्तै, यहाँको गोपाली जातिको मौलिक संस्कृति र परम्परागत स्वागतले पर्यटकहरु प्रफुलित हुने नै भए । काठमाडौंबाट ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कुन्छाल पुगेका पर्यटकका लागि यहाँको सांस्कृतिक नृत्यले सहजै मन जितेको थियो।
समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । भक्तपुर अनन्तलिंगेश्वरकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमै बस्न पाउनुपर्ने माग गर्दै दायर मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।
पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्।
चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा भीषण आगलागी भएको छ । खुम्बु–पासाङल्हामु गाउँपालीकाको वडा नम्बर ३ मा पर्ने ठाडोकोसीमा लागेको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने घर छेउमा रहेको जंगलमा आगो पसेको छ।
भगवान गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु १ अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ।
राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन् ।
राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्।