हिमाल सफाइ टोलीलाई महानगरको सहयोग
अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
कोभिडले रोकिएको तीनवर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ आगामि शनिबार शुरु हुदैंछ। ५५ किलोमिटर दूरीको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुनेछ। ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले पोखराको पृथ्वीचोकमा पनि बिक्री कक्ष सुरु गरेको छ। यसअघि कम्पनिले पोखराको विरौटाचोकस्थित प्रादेशिक कार्यालयमा मात्र बिक्री कक्ष राखेको थियो।
आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैंछ। आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा तेस्रोे पटक हो। एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप र आईतबार दुवाथोलन हुने छ।
अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।
एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन्। ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन्।
विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ। १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ। यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन्।
पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ। आगामि मे २९ देखि जुन १ सम्म कार्यक्रम पोखरामा हुनेछ। पाटाको शीखर सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको छ भने पोखराले त्यो सम्मेलन गर्ने अवसर पाएको सरोकारवालाले बताएका छन्।
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइलटहरुको पनि गुनासो छ। सिजनको बेलाको उडान पनि सोचेजति हुन नसकेको उनीहरु बताउँछन्।
पोखरा र पर्यटन क्षेत्रले निकै नै आशा गरेर पोखरादेखि विभिन्न सहरसम्म सिधा हवाई उडान थालनी गरिएपनि त्यसले निरन्तरता पाएन। पोखराले सिधै हवाई सञ्जाल बिस्तार गर्न चाहेको ती सहर भारतीय नाकासँग निकट छन्। ती नाकाबाट भारतीय पर्यटक पोखरा भिœयाउन सकिने अपेक्षा पोखराका पर्यटन व्यवसायीको थियो। तर, पोखराबाट धनगढी, सिमरा, भद्रपुर र जनकपुरसम्मको उडान सुरु भएको केहीदिनमै रोकिएका छन्।
मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।
व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगीतलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पुरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथारोहण गरिएको छ ।
व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगीतलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पुरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथरोहण गरिएको छ।