२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गौरा गीत : महिला संवेदनाहरुको अद्भूत संगम

आमाबुवाको घरमा दाजुभाईभन्दा आफूलाई सबै अवसरहरुबाट बिभेद गरेको, पतिका घरमा सासुले, नन्दले दुःख दिएका त्यस्तै वालविवाह, बहुबिवाहका कारण आफूले भोग्नु परेको व्यथा, मिलन बिछोडहरुलाई कारुणीक तवरले घरगीत, देउडाहरुका  माध्यमबाट पोख्न पाउनु यो पर्वको एउटा बिशेषता हो। उनीहरुले गाउने गीतहरुमा बस्तुगत अनुभवहरुसँगै भाकामा मौलिकताको सन्निवेश भएको हुन्छ।

प्रकाशलाई संगीत पुरस्कार

यस वर्षको गोपाल योञ्जनको संगीत स्मृति पुरस्कारबाट गायक प्रकाश श्रेष्ठलाई पुरस्कृत गरिएको छ। संगीतकार गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा बिहीबार शुभारम्भ द म्युजिकल जोर्नीले आयोजना गरेको कार्यक्रममा गायक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

संगीताद्वारा तीन राष्ट्रिय कीर्तिमान

विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीतमा भद्रगोलकी कलाकार मुन्नी अर्थात प्रिया आचार्यको अभिनय रहेको छ। उनलाई अभिनयमा गायक खड्काले साथ दिएका छन्।

प्रचण्डकी नातिनीको गीतमा सरोज र आश्माको रोमान्स

गायिका एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

तीज गीतमा विकृति घट्दै

साउन महिनासँगै कलाकारहरू तीज विशेष गीत तयार गर्ने चटारोमा लागेका छन्। राजधानी वरपरका रेकडिङ स्टूडियोहरू तीज विशेष गीत रेकर्ड गर्न पुगेका कलाकारहरूले भरिएका छन्। तीज विशेष गीत रेकर्ड गरिसकेका कलाकारहरू म्युजिक भिडियोको सुटिङ गरिरहेका छन्। युट्युवलगायतमा म्युजिक भिडियो सार्वजनिक गरेका कलाकारहरू गीतमाथि आएका प्रतिक्रियाहरू लिदैछन्। यस वर्ष तुलनात्मक रूपमा स्तरिय तीज विशेष गीतहरू आएको दाबी यस क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूले गरेका छन्।

झ्याम्मै चौतारी

संगीतकार मदन दीपबिममा जनजीवनका लोक भाका टपक्क टिपेर नेपाली माटो र जनजीवनसँग लपक्क भिजाएर प्रस्तुत गर्न सक्ने क्षमता थियो।

‘मेरो खुसी मेरो चाह’ सार्वजनिक

गीतकार हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, एसपी कोइराला र चूडामणि देवकोटालगायतले ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह विमोचन गरेका थिए।

मजिपाको ‘म सपनामा बाँच्न चाहन्छु’ बजारमा

नेपाली सांगीतिक ब्यान्ड मजिपाले पहिलो एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ सार्वजनिक गरेको छ। शनिबार ललितपुरस्थित मोक्षमा आयोजित कार्यक्रममा मजिपाको एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ लाई संगीतकार शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान र मनोजकुमार केसीलगायतले संयुक्त रूपमा विमोचन गरेको थियो।

‘पलेँटी’ मा गुञ्जिए विक्रमका धुन

नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ शृंखलामा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन्। शुक्रबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा संगीतकार गुरूङले संगीत दिएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गरिएका थिए।

पाण्डेको तीज कोसेली ‘चुरा’

सञ्चारकर्मी एवं वृत्तचित्र निर्देशक गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ। पाण्डेको शब्दमा रहेको गीतमा गायिका सुनिता अधिकारीको स्वर छ भने शिव हमालको संगीत रहेको छ।

पर्यटक भित्र्याउन गीति बृत्तचित्र

पर्यटन वर्ष सन् २०२० लाई सघाउन बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको स्वरमा सिन्धुपाल्चोकको चिनारी झल्कने गीति बृत्तचित्र सार्वजनिक गरिएको छ।

बोल्नेहरूलाई मार्गदर्शन

कथाकार महेश्वर पन्तको ‘नबोल्नेहरू’ कथा संग्रह प्रकाशित भएको छ। पन्त कथाकार मात्र होइनन्, कुशल संगीतकर्मी पनि हुन्। उनका थुप्रै गीत र गजल रेकर्ड भएका छन्। उनी बाँसुरी र हार्मोनियम पनि बजाउँछन्।

अर्गानिक कविता

भावुक गीतकार र रोमान्टिक गजलकारको चिनारी बनाएका पोखरेली स्रष्टा प्रकट पगेनी ‘शिव’का कविता पनि अब्बल छन्। तर, गीत/गजलले उनको कवि व्यक्तित्वलाई छायामा पारिदिएको छ।

लोकप्रिय बन्दै लोकगीत

नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्