२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नीति निमार्ण प्रक्रिया सहभागितामुलक बनाउनुपर्नेमा जोड

स्थानीय तहको नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउनु पर्नेमा आइतबार कपुरकोटमा छलफल भएको छ। सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत भएको छलफल कार्यक्रममा नागरिक समाजको पनि नीति निर्माण प्रक्रीयामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने विषयमा छलफल भएको हो।

लोकसंगीत फिल्म महोत्सव सुरू

जमलस्थिल राष्ट्रिय नाचघरमा नवौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ। बुधबारलदेखि सुरु भएको महोत्सवमा लोकसंगीतसम्बन्धी फिल्महरु प्रदर्शन भइरहेका छन्।

लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। आइतबार पोखरामा आयोजित लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

डार्बिनको आत्मीय घेरामा 'नेपथ्य'

नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ ले अस्ट्रेलियाको विभिन्न सहरमा श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति दिइरहेको छ। शुक्रबार नेपथ्यले अस्ट्रेलियाको डार्बिनस्थित इटालियन क्लबमा सांगीतिक प्रस्तुति दिएको थियो।

वढाङ्मी : छोरीचेलीलाई ६ दिन छुट्टी

बुढाहाङका ६ छोरी थिए। उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे। बुढाहाङले उनीहरूलाई ६ दिन छुट्टी दिए। छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुंगीको नक्कल गरी रमाए। उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे।

अष्ट्रेलिया नचाउँदै 'नेपथ्य'

गत शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्यसहित गुन्जयमान बनेको गीत ‘रातो र चन्द्रसूर्जे’ हालै अष्ट्रेलियामा गुन्जिएको छ। मंगलबारदेखि अष्ट्रेलियाको ब्रिसबेनस्थित फोर्टिच्युड म्युजिक हलबाट सुरु भएको लोक पप ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुतिको क्रममा ‘रातो र चन्द्रसूर्जे’ गीत गुन्जिँदा उपस्थित दुई हजारभन्दा बढी दर्शकहरु उत्साहित भएका थिए।

नेपथ्य अस्ट्रेलिया जाँदै

लोक–रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। त्यहाँ रहेका नेपालीको चाहना अनुरुप केही वर्षयता नेपथ्यले शृंखलाबद्ध प्रस्तुतिसहित यात्रा गर्दै आएको छ।

संगीतबाट ब्रेक लिँदै गायिका पिंक

अमेरिकी गायिका पिंकले सांगीतिक यात्राबाट ब्रेक लिने भएकी छिन्। कन्ट्री म्युजिक एसोसियसन (सिएमए) अवार्डको स्टेजबाट उनले संगीतबाट ब्रेक लिइरहेकी घोषणा गरेकी थिइन्।

टुबोर्ग ओपन सेसन्स् २ मा ‘माया मेरी माया’

गायक सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ गीतको प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। क्रसरोड्स ब्याण्डले प्रदर्शन गरेको ‘माया मेरी माया’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा गायक श्रेष्ठले संगीतकार विनायक शाहको साथमा प्रस्तुति दिएका छन्।

'दिदीभाइकाे सम्बन्ध देखाउनु थियाे'

निधारमा लर्काएर सप्तरङ्गी टीको हेरिरहुँ सधैँ तिमी शिखरको बाटो करिब तीन दशक अगाडी बिजय पराजय भन्ने चलचित्रको बनाइएको थियो। यो मैले निर्देशन गरेको पहिलो चलचित्र हो। हाम्रो एउटा टिम थियो। हामी पत्रकारिता क्षेत्रमा आबद्ध थियौँ। त्यति बेला शैलेश आचार्य, जगदीश खनाल, रमण घिमिरे हामी सबै ऊर्वशी म्यागजिनमा काम गथ्र्यौं।

तिहारमा थरीथरीका गीत

गायक सन्तोष केसीले ‘देउसी रे’ बोलको गीत सार्वजनिक गरेका छन्। चर्चा कमाउन विकृतिलाई जोड दिएका गीतहरुले समाजमा असर गर्ने हुँदा कलाकारहरु जिम्मेवार हुनुपर्ने तर्क उनले गरेका छन्।

विवादित गीत हटाएपछि छुटे दुर्गेश

तिहारलाई लक्षित गर्दै गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीत युट्युबबाट हटाएका छन्। उनले गीत हटाउँदै सार्वजनिक रुपमा माफी मागेपछि महानगरीय अपराध महाशाखा टेकुले उनलाई छाडेको थियो।

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्