७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ।

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजाति लगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन्।

प्रसाईं समूहका अभियान्ता भन्छन्– पूर्वराजा बोल्नुपर्छ,नभए आन्दोलन टिक्दैन

‘राजा(पूर्वराजा शाह)ले जतिसक्दो चाँडो सम्बोधन गरेर म आउने वा नआउने, तिमिहरू सडकमा अगाडि बढ वा नबढ ! अथवा म आउछु, तिमिहरू चिन्ता नगर वा तत्काल मेरो त्यस्तो चाहना छैन । केही न केही त स्टेटमेन्ट आउनुपर्‍यो नि,’ माण्डव्यले भने,‘जो व्यक्तिका लागि नागरिक लडिरहेका छन्।त्यहीँ व्यक्ति बोल्दैन भने नागरिक कति दिन कराएर कति दिन राज्यको दमन सहन्छन् ।’

बेथानचोकका विद्यार्थीले बनाए यन्त्रमानव

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन्।

बैठकभत्ताबाट बालबालिकालाई पोसाक

भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन्।

भारतमा पशुपतिनाथ मन्दिर बनाउने स्वीकृति दिइएको छैनः कोष

पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन सहमति दिने विषयमा कुनै निर्णय नभएको बताएको छ।

कांग्रेस–माओवादी ‘हिन्दु राष्ट्र’मा सहमत भएको मिश्रको दाबी

‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ मिश्रले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’ आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन्।

नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए।

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ।

'फर्की–फर्की’को शुभमूहुर्त, बालीमा पनि छायाङ्कन हुने

ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ।मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो।

प्रसाईं समूह तीनकुने र माइतीघरबाट पछि हट्यो,आज सिफलमा आन्दोलन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह तीनकुने र माइतीघरमा गर्न खोजिरहेको आन्दोलनबाट पछि हटेको छ।स्थानीय प्रशासन र सुरक्षा निकायले उक्त क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूह वैकल्पिक स्थानमा आन्दोलन गर्न राजी भएको छ।

काठमाडौं रेजर्सको सुखद सुरुआत

राजीव लोप्चनको गोल प्रेरणामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।

सुदूरपश्चिम र कर्णालीमा हल्का हिमपातको सम्भावना

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्