१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

काठमाडौं रेजर्सको सुखद सुरुआत

काठमाडौं रेजर्सविरुद्ध बल अगाडि बढाउँदै स्पोर्टिङ इलामका अमाथ एन्डअ (बायाँ)। तस्बिर: भकुन्डो डट एनपी

राजीव लोप्चनको गोल प्रेरणामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।

नेपालमा फ्रेन्चाइज फुटबल लिग सुरुआत भएको दुई वर्षपछि मात्र दोस्रो संस्करण आयोजना भए पनि उद्घाटन खेल खासै रोमाञ्चक र लोभलाग्दो भने भएन। नवप्रवेशी स्पोर्टिङ इलाम एफसी र डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स दुवैका प्रशिक्षक आफ्नो टोलीका प्रदर्शनप्रति सन्तुष्ट देखिएनन्। यद्यपि, दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलाममाथि १–० को जित निकाल्दै उपाधि रक्षामा सुखद संकेत गरेको छ।

दोस्रो रोजाइका खेलाडीका रूपमा मैदान प्रवेश गरेका राजीवले गरेको एक मात्र गोल नै काठमाडौंलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा रह्यो। तर, दोस्रो हाफमा काठमाडौंले गोल अग्रता लियो र जुन निर्णायक पनि साबित बन्यो। त्यसअघि खेलको दोस्रो मिनेटमा नै काठमाडौं रेजर्सका प्रशान्त अवस्थीको प्रहार सफल भएन। डी एरियाबाहिरबाट उनको महŒवाकांक्षी प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए।

१२औं मिनेटमा स्पोर्टिङ इलामले पनि पहिलो आक्रमण बुन्यो। एमाथ एन्डअले ३० यार्ड टाढाबाट गरेको सशक्त प्रहार काठमाडौंका गोलकिपर कुलदीप कार्कीले नियन्त्रण लिए। ४५औं मिनेटमा जितेन्द्र कार्कीको उत्कृष्ट फ्रिकिक प्रहारले पनि जाली चुम्न सकेन। उनको प्रहार पनि काठमाडौंका कुलदीपले पन्च गर्दै बचाए। त्यसपछि पहिलो हाफमा दुवै तर्पmबाट गोलको प्रयास भए पनि बराबरीमा टुङ्गियो। ५१औं मिनेटमा राजीव लोप्चनले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। कर्नरबाट आएको बललाई इलामका डिफेन्डरले क्लियर गर्न नसक्दा काठमाडौंले अग्रता लियो।

गिल्सन खामिरे लडेको अवस्थामा दिएको पास सदुपयोग गर्दै राजीवले गोल गरे। काठमाडौं ७१औं मिनेटमा इलामका गोलकिपर विकेश कुथु बिट हुँदा गोल गर्न असफल भयो। ८१औं मिनेटमा इलामका फोडे क्यामराले ३५ यार्ड टाढाबाट गरेको प्रहार माथिल्लो बार हुँदै बाहिरिन पुग्यो। खेलको अन्तिम पाँच मिनेट इलामले खेलमा फर्कन आक्रमण बढाए पनि सफल हुन सकेन र नवप्रवेशीले हारबाट एनएसएलको यात्रा प्रारम्भ गर्नुप¥यो। नेपाल सुपर लिगको दोस्रो संस्करणमा तीन नवप्रवेशी इलाम, झापा एफसी र वीरगञ्ज युनाइटेडसहित कुल ९ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

हारपछि इलामका प्रशिक्षक मेघराज केसीले पहिलो खेल उत्कृष्ट नभए पनि आफ्नो टोलीमा धेरै सम्भावना रहेको उल्लेख गरे। ‘खेल ५०÷५० स्थितिको हो। दुवै टोली उत्कृष्ट भने रहेन। तर, हामीले हा¥यौं। यो नतिजाका बावजुदका खुसी छु,’ केसीले भने, ‘उनीहरूले पूर्ण दबाबमा राखेर हामीविरुद्ध जित निकालेका होइन। यसले गर्दा हामी पनि राम्रो टोली हौं भन्ने देखाएको छ।’ साथै इलामका प्रशिक्षक केसीले जुन खेलका विदेशी खेलाडी चल्यो त्यो टोलीलाई जितका लागि सहज हुने उल्लेख गर्दै आगामी खेलमा एक विदेशी खेलाडी टोली थपिने बताएका छन्।

काठमाडौंका रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन जितका बावजुद टोलीको प्रदर्शन सन्तुष्ट भने देखिएनन्। ‘हामीले त्यति राम्रो खेलेनौं। बल पोजिसन आफ्नो पक्षमा राखेर खेल्न सकेनौं,’ उनले भने, ‘यद्यपि, यो पहिलो खेल हो। हरेक दिन कमीकमजोरी सुधार गर्दै जान्छौं।’ त्यसअघि उद्घाटन समारोहमा सांगीतिक प्रस्तुतिहरू पनि भएका थिए। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले म्याच रेफ्री नवीन्द्र महर्जनलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतको उपस्थिति थियो।  

प्रकाशित: ९ मंसिर २०८० ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App