२८ पुस २०८१ आइतबार
image/svg+xml

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ। निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम ९युएनडीपी० का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कमजोरी स्वीकार्दै सच्चिनका लागि हो : पौडेल

उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताए।

गण्डकी प्रादेशिक हक्की संघ गठन

गण्डकी प्रादेशिक हक्की संघको भेलाले दीपकबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पूजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन।

कोशी,बागमती र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन ।

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ।

पर्यटकहरूको आकर्षण केन्द्र बन्दै झाँगाझोली

शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ।

युवालाई देशको माया हुनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन्।

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरेको छ।

अबका योजना उत्पादनमुखी हुनुपर्छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबका योजना वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री पाण्डे भन्छन्ः हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए

मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा पाण्डेले आफू नगएपनि त्यहाँको नियमित रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्