५ आश्विन २०८१ शनिबार
image/svg+xml

र्‍याफ्टिङ, बञ्जी, क्यान्याेनिङ र खानामा छुट गर्दै व्यवसायी

स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

भ्रमण वर्षको प्रचारमा घुमफिर

जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ ले भ्रमण वर्षको सफलताका लागि प्रचारात्मक कार्यक्रम गरेको छ। महासंघको बिहिबार र शुक्रबार खोटाङको दिक्तेलमा आयोजित आठौं पूर्ण बैठकको अवसरमा महासंघले नेपाल भ्रमण वर्षलाई फलदायी बनाउन दुई दिने प्रचारात्मक कार्यक्रमको आयोजना गरेको हो।

बैतडीमा छैन भ्रमण वर्षको तयारी

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० केही दिन बाँकी रहँदा बैतडीमा कुनै गतिविधि नै भएका छैनन्। पर्यटकीय रुपमा रमणीय र धार्मिक पर्यटनको प्रचुर सम्भावना भए पनि सरकारी तवरबाट भ्रमण वर्षको कुनै तयारी नभएको हो।

भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन्।

भ्रमण वर्ष सफल पार्न पशुपतिदेखि वसन्तपुरसम्म पदयात्रा

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ।

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।

होटल पौवामा पनि भ्रमण वर्षको स्वागत

आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष छुट दिँदै होटल पौवाले पनि नेपाल भ्रमण वर्षको स्वागत गर्ने भएको छ।

यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ। अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

कर्णालीका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ।

गुफाडाँडाबाट भ्रमण वर्ष–२०२० लाई स्वागत

प्रथम जलवायु सम्मेलन गरिएको गुफाडाँडामा जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिने भएको छ। भ्रमण वर्षलाई भव्य बनाउन फेरि ७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख गुफाडाँडामा भेला हुँदैछन्।

कलामा सांस्कृतिक लोमान्थाङ

अधिकांश नेपाली युवाहरुको रहर, एकपटक हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने। ल्यान्डस्केप र मरुभूमिजस्तै अनुभूति गराउने सो क्षेत्रको लोमान्थाङ (माथिल्लो भेग) को दृश्यले माटोको सहरको पहिचान दिन्छ। सांंस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र अवलोकन गर्न विदेशी पर्यटक अतिरिक्त शुल्क तिरेर पुग्ने गर्छन्।

गुफाडाँडाबाट भ्रमण वर्ष-२०२० लाई स्वागत

प्रथम जलवायु सम्मेलन गरिएको गुफाडाँडामा जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिने भएको छ। भ्रमण वर्षलाई भव्य बनाउन फेरि ७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख गुफाडाँडामा भेला हुँदैछन्।

जिल्लामा कार्ययोजना तयार

नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा जिल्लामा कार्ययोजना निर्माण गरिएको छ। पर्यटकको आगमन बढाउनका लागि विभिन्न प्याकेज सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, पहिलो दिन विभिन्न जोडीलाई निःशुल्क खाना तथा बासको व्यवस्था गर्ने लगायत योजना तयार पारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्