२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

१५ जना सम्पर्क अधिकृतलाई स्पष्टीकरण

पयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृत (लियोजन अफिसर) सँग स्पष्टीकरण सोधेको छ। विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो।

न्यायाधीशसँग स्पष्टीकरण माग

साढे ३३ किलो सुन प्रकरण मुद्दा प्रक्रिया शंकास्पद भेटिएपछि काजमा तानिएका विराटनगर उच्च अदालतका तीनजना न्यायाधीशलाई न्यायपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले विराटनगर उच्च अदालतका तीन न्यायाधीशलाई स्पष्टीकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण गराउने, एकजनालाई सचेत बनाउने र दुईजनालाई सफाई दिने निर्णय गरेको छ । न्यायपरिषद्मा ९ जना न्यायाधीश काजमा रहेका थिए ।

न्यायाधीश सिफारिसबारे न्याय परिषद् सदस्यसँग स्पष्टीकरण मागिने

विवादास्पद न्यायाधीश सिफारिसको आधार माग्दै न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलासँग सर्वाेच्च अदालत बार एशोसिएशनले स्पष्टीकरण माग्ने भएको छ। सर्वाेच्च बारको सोमबार बसेको सल्लाहकार परिषद्को बैठकपछि नेपाल बारलाई न्याय परिषद्मा प्रतिनिधित्व गर्ने सदस्य सिटौलासँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

साझाका शर्मालाई तीन दिने स्पष्टीकरण

साझा प्रकाशन सञ्चालक समितिले प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्र शर्मालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले सञ्चालक समिति बैठकले तत्कालीन महाप्रबन्धक शर्माले संस्थाको हितविपरीत काम गरेको भन्दै उनीसँग तीन दिनभित्र स्पष्टीकरण लिने निर्णय गरेको हो।

न्यायाधीशलाई स्पष्टीकरण, प्रमाणपत्र शंकास्पद

न्याय परिषद्को बैठकले सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेकुमार काफ्ले र भक्तपुर जिल्ला अदालतका न्यायाधीश महम्मद जुनेद आजादसँग स्पष्टीकरण मागेको छ। प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले दुईजना न्यायाधीशले गरेका केही न्याय सम्पादन प्रक्रिया शंकास्पद देखिएको र उजुरी परेको भन्दै सात दिनभित्र दुवै जनाले गरेका सबै फैसलामा स्पष्टीकरण पेस गर्न भनेको हो।

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टले स्पष्टीकरण बुझाए

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह बिष्ट र प्रहरी निरीक्षक भट्टको लिखित स्पष्टीकरण बुधवार गृह मन्त्रालयमा बुझाइएको छ। प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।

सञ्चार मन्त्रालयले माग्यो स्पष्टीकरण

रेडियो नेपालले आफ्नो स्वामित्वमा ललितपुरको खुमलटारमा रहेको जग्गा भाडामा दिएर दुरुपयोग गरेको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण मागेको छ।

खेलाडीसँग स्पष्टीकरण सोध्ने बंगलादेशको घोषणा

बंगलादेशले आइतबार टेस्ट क्रिकेटमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुमा शीर्ष खेलाडीले विभिन्न्न बहानामा घरेलु प्रथम श्रेणीको प्रतियोगिता नखेल्नु मुख्य कारण रहेको औंल्याउदै त्यस्ता खेलाडीसँग अबबाट स्पष्टीकरण सोध्ने घोषणा गरेको छ।

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्।

विराट मेडिकल कलेजलाइ स्पष्टीकरण

एमबिबिएस अध्ययनरत विद्यार्थीसँगै तेस्रो किस्तामा विलम्ब शुल्क भन्दै ७६ प्रतिशत ब्याजसहित अतिरिक्त रकम मागेको विषयमा काठमाडौं विश्वविद्यालयले विराटनगरस्थित विराट मेडिकल कलेजसँग तीनदिने स्पष्टीकरण सोधेको छ ।

ट्विट गर्दै भोट मागेपछि कमल थापासँग स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना प्राप्त भएको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ ।

पोखरेलले बुझाए स्पष्टीकरण

गृहजिल्ला पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पर्यटनमन्त्री देवलाई  आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशकलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जीतेन्द्रनारायण देवलाई २४ घण्टा भित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्