coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१५ जना सम्पर्क अधिकृतलाई स्पष्टीकरण

काठमाडौं – पयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृत (लियोजन अफिसर) सँग स्पष्टीकरण सोधेको छ। विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो।

पर्वतारोहण दलसँग खटाइएको स्थानमा पुग्न नसकेको विषयमा स्पष्टीकरण सोधिएको विभागले जनाएको छ। आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई समेत स्पष्टीकरण सोधिएको छ। यसैगरी अख्यितार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतद्वय तीर्थ चापागाईं र कमल मिश्रलाई पनि स्पष्टीकरण सोधिएको छ। राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हाद पुडासैनीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ।

यस वर्षको वसन्तकालीन आरोहणमा २२ जना सम्पर्क अधिृकत भने सगरमाथा बेस क्याम्पसम्म पुगेको विभागले जनाएको छ। आरोहीसँग सगरमाथा आरोहणमा जाने सम्पर्क अधिकृतले आफू बेस क्याम्पमै नपुगी आरोहीलाई सगरमाथाको चुचुरामा पुगेको प्रमाणित गरेको समाचार आएपछि विभागले बेस क्याम्प नपुग्ने सम्पर्क अधिकृतलाई स्पष्टीकरण सोधेको हो। यस विषयमा छानबिन समितिसमेत गठन गरिएको थियो।

प्रकाशित: ११ भाद्र २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App