४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वाती सदनलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

राजधानीको बालाजुस्थित स्वाती सदन इ.बो.मा. विद्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्धारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ।

दुई सदनबीच दूरी बढाउन नहुने

प्रतिनिधिसभाले राष्ट्रियसभालाई छलेर राहदानी विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि सो विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। प्रतिनिधिसभाले राष्ट्रियसभामा गएको विधेयक दुई महिनासम्म फिर्ता नआएमा सिधैं राष्ट्रपतिसमक्ष पठाउने संवैधानिक व्यवस्था टेकेर बैशाख २० को प्रतिनिधिसभा बैठकमा ‘राहदानी विधेयक २०७५’ पारित गरेको थियो। कांग्रेस सांसदले विधेयकको विपक्षमा मतदान गरेका थिए।

आपसी प्रतिशोध त्याग्न ट्रम्पकाे आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनलाइ आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन्।

लक्ष्मीसदनको नाटक उत्कृष्ट

नाटक दिवसको अवसर पारेर आयोजना गरेको नाटक प्रतियोगितामा लक्ष्मी सदन समूह पहिलो भएको छ। भक्तपुरको ब्याँसीस्थित एभरेस्ट स्कुलमा सम्पन्न प्रतियोगितामा लेखनाथ सदन दोस्रो, मोती सदन तेस्रो र भानु सदनले सान्त्वना पुरस्कार पाएका थिए।

अमेरिकामा भण्डारीको उदयको अर्थ

अमेरिकाको मेरिल्याल्ड राज्यको तल्लो सदन (हाउस अफ डेलिगेट्स) मा नेपाली मूलका एचबी भण्डारी निर्वाचित भएपछि नेपालमा दुई खालको प्रतिक्रिया देखियो । नेपाली सञ्चार माध्यमहरूमा यो सन्दर्भले पाएको कभरेज हेर्दा लाग्छ– ठूलो संख्यामा नेपालीहरू खुसी भएका छन्।

पुष्पसदन र रिलायन्सलाई उपाधि

पुष्पसदन र रिलायन्स स्कुलले मंगलबार २५औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा उपाधि जितेका छन् । पुष्पसदन पुरुष तथा रिलायन्स महिलातर्फ च्याम्पियन बनेका हुन्।

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ।बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो।

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

उपल्लो सदनमा नेकाको प्रमुख सचेतकमा प्रसाई

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य सरिता प्रसाइलाई राष्ट्रिय सभाको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छ।

प्रदेश नम्बर ४ को सदन अवरुद्ध, सत्तापक्षको पेलेरै अगाडि बढ्ने संकेत

प्रदेश नं. ४ मा सत्तापक्षीय दल र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण आईतबारको प्रदेशसभा बैठक दुई पटकसम्म स्थगित भएको छ। यस्तै, सदनमा प्रतिपक्षीदल नेपाली कांग्रेसले रोष्टम अगाडि नाराबाजी समेत गरेको छ। कांग्रेसले प्रदेश नामांकनको विषयलाई छलफलमा ल्याउनुपर्ने मागसहित सदन अवरुद्ध गरेको हो।

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ अाइतबार सदनमा पेश गरेका छन्।

मोदीको भ्रमणबारे सदनलाई जानकारी

पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराए।

मुख्यमन्त्रीसँगको छलफलपछि सदन सुचारु

सत्तापक्षी दल र प्रतिपक्षी दलको अडानका कारण आइतबारको प्रदेशसभा बैठक निर्धारित समयभन्दा ५ घण्टापछि मात्र सुचारु भयो । शुक्रबार प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले नीतिगत भ्रष्टाचारको खुड्किलो रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्