४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

संविधान संशोधन विधेयक निर्णयार्थ सदनमा प्रस्तुत हुने

प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव आइतबारभित्र निर्णयार्थ पेस गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ संविधानप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलसँगको वार्ताक्रममा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।  वार्तामा भएको सहमतिअनुरूप अघि बढ्ने वातावरण बनेमा मंगलबार बस्ने ससंद् बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने जनाउ दिएपछि १ बजेका लागि बोलाइएको संसद बैठक सञ्चालन हुन सकेको छैन। संविधान र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने जनाएको हो।

कमल थापाको जवाफ चित्त नबुझेको भन्दै एमालेद्वारा सदन अवरुद्ध

मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकारले तराईका ११ जिल्लामा स्थानीय तह थप गर्ने प्रस्तावविरुद्ध एमालेले बुधबार पनि सदन अवरुद्ध गरेको छ।  सरकारले मधेसी मोर्चाको पकड रहेका तराईका जिल्लाहरुमा स्थानीय तह थप गर्न प्रक्रिया थालेकोप्रति प्रमुख प्रतिपक्षी एमाले अाक्रोशित बनेको हो।

एमालेद्वारा सदन अवरुद्ध

संविधानको व्यवस्था प्रतिकूल हुनेगरी सरकारले स्थानीय तह संख्या बढाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेको छ।

राष्ट्रवादको बहस सदनमा दोहोरी

वस्थापिका संसद् बैठकमा सोमबार बोल्ने सांसदले दलहरुका आ–आफ्नै राष्ट्रवादका कारण मुलुक संवैधानिक संकटतर्फ उन्मुख भएको आरोप लगाएका छन्। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेले आफू मात्रै राष्ट्रवादी भनेर अरु दलको अस्तित्व स्वीकार गर्न नचाहेको आरोप लगाए।

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

प्रदेश सीमांकन फेरबदलसहितको संविधान संशोधन प्रस्ताव  विरोधमा प्रमुख विपक्षी दल एमालेले निरन्तर सदन अवरोध गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया अन्योलमा परेको छ।

सदन खुलाउने विषयमा पहल गर्न आग्रह

सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल’सँग आग्रह गरेकी छन्।

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध हट्दैन: सचिव आचार्य

नेकपा एमालेका सचिव तथा प्रदेश नं १ का प्रमुख भीम आचार्यले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाने बिषय एमालेले स्विकार नगर्ने बताएका छन्। उनले संसदमा निर्वाचन सम्वन्धी कुनै पनि बिधयेक दर्ता भएमा एमालेले त्यस माथिको छलफलमा बिरोध वा अवरोध नगर्ने पनि बताए।

सदन आज पनि चल्न सकेन

विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि सञ्चालन हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् ।

सदनको गाँठो फुकाउन सभामुख अग्रसर

संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध फुकाउन सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन्। सभामुख घर्तीले बिहीबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्दै संसद्मा जारी अवरोध अन्त्य गर्ने उपाय खोज्न आग्रह गरिन्।

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।

बजेट आश्रित तीन विधेयक सदनमा पेस

व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँ) विधेयक, २०७३’ प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्