५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन।'

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भइ सम्माननीय सभामुख ज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ।'

दल दर्ता गर्ने म्याद आज सकिंदै,प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ।

प्रतिनिधि सभा बैठक: राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।

'नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग'

केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा सुरु गरेका विकास निर्माणका कामहरु सबै रोकिएको भन्दै विकास निर्माणको कामहरु तत्काल अघि बढाउन माग।

प्रतिनिधि सभा बैठक: शपथ सम्बन्धी विधेयक पारित गरिने

संसद सचिवालयका अनुसार बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ।

अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो छः सांसद पहाडी

‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ। समस्या त्यहाँ छ।'

निर्वाचन क्षेत्रमा रिजर्भ सिट महिलालाई हुनुपर्छ: सांसद राजभण्डारी

उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए। उनले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताए।

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियाेः सांसद पौडेल

‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरुमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्यो भन्दामाथि अहिलेसम्म हेर्दा पार्टीहरुमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ। त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि। हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो।'

निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण: सांसद त्रिपाठी

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन्।

प्रतिनिधि सभा बैठक: विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गरिने

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउने मन्त्री राईको चेतावनी

मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए। उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए। उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए। मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।

सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको भन्दै अनुगमन गर्न निर्देशन

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्