१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक: शपथ सम्बन्धी विधेयक पारित गरिने

फाइल तस्बिर

आज संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्दै छ।  

संसद सचिवालयका अनुसार बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ।  

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।  

प्रकाशित: २५ श्रावण २०७९ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App