२० आश्विन २०८१ आइतबार
image/svg+xml

देशभरका न्यायाधीश काठमाडौंमा, तीन दिन मुद्दा नहेरिने

सर्वोच्च अदालत र मातहतका अदालतमा बुधबार कुनै पनि मुद्दाका पेशी तोकिएनन्। बुधबारदेखि सुरु भएको तेस्रो न्यायाधीश सम्मेलनमा भाग लिन देशभरका सबै अदालतका न्यायाधीश काठमाडौं आएका कारण पेशी नतोकिएकाले मुद्दामा सुनुवाइ नभएको हो।

दूधकोशी गाउँपालिकाका वडामा सार्वजनिक सुनुवाइ

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको जनगुनासो बढ्दै गएको अवस्थामा थुलुङ दूधकोशी गाउँपालिकाले भने हरेक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ। जनप्रतिनिधिलाई सुशासन, पारदर्शिता र जवाफदेहितामा सबल बनाउन गाउँपालिकाले वडा २ काँगेलबाट उक्त कार्यक्रम सुरु गरेको हो।

समस्याग्रस्त सुनुवाइ

मुस्लिम आयोग अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले समयमै निर्णय नगरेर अक्षमता प्रदर्शन गरेको छ। सुनुवाइका निम्ति आफूमा आएको नियुक्तिको सिफारिसमा कुनै निर्णय नगर्दा सरकारले भनेकै व्यक्तिलाई त्यो ठाउँमा पु-याउन सहज भएको छ। तर, यसले संसदीय समितिको विश्वसनीयतामा भने गम्भीर प्रश्न खडा गरेको छ। त्यति मात्र होइन समिति ‘छनोटपूर्ण निर्णय’को अभ्यास गरेको पनि यसबाट देखिएको छ।

'शक्तिकेन्द्र धाएर पाएको पद होइन'

संवैधानिक परिषदबाट मुस्लिम आयोग अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीको संसदीय सुनुवाइ समितिमा नागरिकता, राजनीतिक दलको सदस्य र शैक्षिक प्रमाणपत्रका विषयमा उजुरी परेका छन् । उनीसिफारिस भएकोबारे संसदीय सुनुवाई समितिमा पत्र आएको शनिबार ४५ दिन पुगेको छ ।

अन्सारीलाई नियुक्ति बाटो खुल्यो

संसदीय सुनुवाइ समितिले कुनै निर्णय नगर्दा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नियुक्ति बाटो स्वतः खुलेको छ। नियमले तोकेको सीमाअवधिभित्र समितिले अन्सारीका विषयमा कुनै निर्णय लिन नसकेपछि उनलाई अध्यक्षमा नियुक्तिको बाटो खुलेको हो।

बैठक टारेर अन्सारीकाे बाटाे खाेल्ने खेल

संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकांश सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ।

अन्सारीबारे सुनुवाइ समितिले निर्णय लिन सकेन, ३ दिन समय थप

संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीबारे निर्णय लिन ३ दिनको थपेको छ। समितिको आजको बैठकले अन्सारीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिन नसकेपछि ३ दिनको समय थपिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजना अध्यक्षको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर स्थगित भएको छ।

अध्यक्ष सिफारिस अन्सारीको योग्यतामा प्रश्न

मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि संसदीय सुनुवाइ समितिले छानबिन थालेको छ। समितिको मंगलबार बसेको बैठकले अन्सारीको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थालेको हो।

दुई प्रस्तावित अध्यक्षको सुनुवाइ भोलि

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षमध्ये भोलि (मंगलबार) दुईजनाको सुनुवाइ गर्ने भएको छ। आइतबार बसेको समितिको बैठकले प्रस्तावित दुई अध्यक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका शान्तराज सुवेदीको सुनुवाइ गर्ने निर्णय गरेको हो।

राजदूत छनोट समावेशी बनाउन ध्यानाकर्षण

संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिसमा समानुपातिक र समावेशी नभएको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संविधानको व्यवस्थाबमोजिम राजदूत सिफारिस गर्ने वातावरण बनाउन सुझाव दिएको छ।

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान, कांग्रेसको लिखित असहमति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध  उजुरी आह्वान गरेको छ। समितिले उजुरीको लागि १० दिनको समय सीमा दिएको छ।

प्रस्तावित पाँच आयोगका अध्यक्षको सुनुवाइ स्थगित

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ स्थगित गरेको छ। संवैधानिक परिषद्बाट प्रस्ताव गरिएपछि संसदीय सुनुवाइका लागि समितिमा नाम पठाइएको थियो। समितिले प्रस्तावित अध्यक्षको उजुरी प्रक्रिया अघि बढाउन सोमबार बैठक बोलाइएको थियो।

विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी

संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी छ। समितिको बैठक सिंहदरवारमा बसिरहेको छ। बैठकमा फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ भइरहेको छ। दुबै राजदूतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्