४ पुस २०८१ बिहीबार
image/svg+xml

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल भयो। वास उठाइदियो। अन्नबाली सखाप भयो। घटनामा २८ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन्।

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

हावाहुरीले दुई मिनेटमा खण्डहर बन्यो पुरैनिया

आईतबार साँझ ७ बजे तिर दुई मिनेट चलेको हुरीले फेटा गाउँपालिका-३, पुरैनिया गाउँ खण्डहर बनेको छ। पुरैनिया निवासी ७२ वर्षीय सफी मोहम्मदले भने, "एक्कासी आगोको गोला जस्तो सट्टै आयो केही थाहा भएन, दुई मिनेटजति अन्धकार भयो, पछि देख्दा त गाउँ नै ध्वस्त भईसकेछ।"

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

बारामा भीषण हावाहुरी, कम्तीमा २५ जनाको मृत्यु ४ सय घाइते (अपडेट)

बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

कर्मचारीलाई गालीगलौज गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा फेटा गाउँपालिका २ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।

होलीमा रोकिएन अपराधिक घटना

सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।

बारा दुर्घटनाका चालक कुर्मी पुर्पक्षका लागि थुनामा

बारा जिल्ला अदालतले सोमबार जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण कुर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। इजलास नम्बर २ का न्यायाधीश प्रकाशचन्द्र अधिकारीको एकल इजलाले कुर्मीलाई थुनामा राखेर मुद्दाको कारवाही अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार कौशल ज्ञवालीले नागरिक न्युजलाई जानकारी दिए।

बारा घटना : चालक राउतको नाममा करोडौं सम्पत्ति

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप चालक अहिले ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनले चलाएको जीप दुर्घटनामा सीडीओ भट्टराई र एसपी पोखरेलको ज्यान गएको थियो। तिनै चालक नारायण राउत कुर्मीकी पत्नी प्रेमशीलादेवीको नाममा करोडौंको घर र जग्गा रहेको खुल्न आएको छ।

बारा दुर्घटनाको छानविन गर्न प्रजिअ भट्टराई परिवारको माग

बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

कारको ठक्करबाट एकको मृत्यु

कलैया उपमहानगरपालिका १६ उत्तर झिटकैयामा बिहीवार भएको सडक दुर्घटनामा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सडकको पैसा लिएर फरार भीमबहादुर बागबजारबाट पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते रकम झिकेर फरार रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।

घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

सवारी दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्