भरतपुर मतगणना विवाद : निर्वाचन आयोग अनिर्णीत
भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।
भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।
भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना चली रहँदा आइतबार मध्यरातमा च्यातेर नोक्सान भएको मतपत्रहरुको संख्या एकीन भएको छ । निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले उम्मेद्वार, दलका नेताहरु र उनीहरुका प्रतिनिधिहरुलाई राखेर बिहीबार मतपत्रको के अवस्था छ भन्ने निक्र्यौल गरेका हुन् ।
माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि सिलबन्दी गरिएको भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्ड हलमा चार दिनअघि लगाएको सिल बिहीबार खोलिएको छ। ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेको छ।
माओवादी बुथ प्रतिनिधिले च्यातेका भरतपुर वडा नं. १९ को मतपत्रको पोको बिहीबार खोलिने भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बिहीबार सबै दलका उम्मेदवार प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको उपस्थितिमा मतपत्र खोलेर विवरण लिने तयारी गरिएको हो।
हार्न लागेपछि पाँच वटा मतपत्र च्यातेर फेरि मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैंभरि चुनावमात्र गरेर बस्नुपर्नेछ।
भरतपुरमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनाबारे निर्वाचन आयोगले स्पष्ट निर्णय लिन ढिलाई गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सम्मिलित बैठकले भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई कतिवटा मतपत्र च्यातिएको लेखेर पठाउने निर्देशन दिएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले भरतपुरमा पुनःमतदानको प्रस्ताव आफूले नगरेको बताएका छन्। भरतपुर वडा नं.१९ को स्थगित मतगणनाबारे निर्णय गर्न निर्वाचनमा आयोगमा बैठक जारी रहेका बेला उनले यस्तो बताएका हुन्।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।
तपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ।
एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।
भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’ पढ्नुहोस् अन्तरर्वाता
अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।
भरतपुर महानगरपालिकामा मेयर प्रत्यासीबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। तीब्र प्रतिस्पर्धाका कारण अन्तिम दुई वटा वडाको मतगणना बाँकी हुँदासमेत मेयरमा को विजयी हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।