४ पुस २०८१ बिहीबार
image/svg+xml

पाथीभरामा विद्युत आपूर्ति सुरु हुने बित्तिकै लिफ्टिङ प्रविधिबाट पानी पुर्‍याउन सकिने

‘विद्युत् जडान भइसकेको भए लिफ्टिङ प्रविधिको पानी बलुडाँडासम्म पुर्‍याउन सकिन्थ्यो’ थापाले भने।

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न सुरु

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।

पाथीभरा जाने सडक कालोपत्र हुने

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ।

सुनसान बन्यो देवघाट

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

सद्भावको केन्द्र गोसाइँकुण्ड

लामटाङ हिमालको काखमा चट्टाने पहराबीच छ्याङ हुँदा गोसाइँकुण्डको कञ्चन जल र त्यसमा बेलाबखत लहरिने मन्द तरंगले चौपट्टै भरंगिएको मनलाई पनि उमंगित तुल्याउँछ, अनि तादात्म्यले त्यहाँ शिव दर्शन गराउँछ।

मक्कामदिनाको यात्रा...

मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्न नेपालबाट मुस्लिम समुदायको टोली साउदी अरेबिया प्रस्थान गरेको छ।

‘सहकारीको तीर्थस्थल बनाउने’

धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

रम्भादेवी दर्शन

पाल्पालीको आस्थाको प्रतिक मानिन्छन् रम्भादेवी र रिमिघाका तीर्थस्थलहरू। बुटवलवाट उत्तर सिद्धार्थ राजमार्गको करिव ४८ किमि दूरीमा आर्यभञ्ज्याङ बजार छ। त्यहाँबाट रामपुर जाने छुट्टै पक्की सडक पूर्व लागेको छ। आर्यभञ्ज्याङ–रामपुर सडक खण्डको १५ किमिमा रहेको रम्भा गाउँपालिकाको प्रमुख बजार ताहूँ नजिकै करिव ३ किमि पूर्वोत्तर एउटा डाँडा (१२०० मिटर) छ। त्यही डाँडाको पश्चिम पाखोमा रम्भादेवी मन्दिर छ।

सन्तानले नहेरेका आमाको औँशी

आज मातातीर्थ औँशी। बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइ रहेका थिए।

छिन्नमस्ता दर्शन

सप्तरीमा छिन् छिन्नमस्ता देवी। उनको ठूलो महिमा छ। छिन्नमस्ता आफैंमा सिद्धपिठ र शक्ति पिठ भएकाले उनको भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पुरा भएपछि तिर्थालु पूजापाठसँगै बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

रसुवाको रस

रसुवामा स्थित गोसाइँ–कुण्ड धार्मिक तीर्थस्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदाका रूपमा चिनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्