३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भाेलिदेखि प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा  ती देशको भ्रमणका लागि बिहीबार बिहान जाँदैछन्। क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन्।

प्रधानमन्त्री राजाभन्दा घमण्डी भए : कांग्रेस नेता राणा

नेपाली कांग्रेस नेता उदयशम्सेर राणाले वर्तमान प्रधानमन्त्री राजाभन्दा अहम र घमण्डी देखिएको आरोप लगाएका छन्। खोटाङमा बुधबार कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै कांग्रेस नेता राणाले वर्तमान प्रधानमन्त्री ओली राजाभन्दा अधिनायकवादी बनेको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीले काठमाडौंलाई माक्समाडौं बनाए–खाँड

अहिलेकाे सरकार कलाकार रहेको भन्दै उनले हाँस्य कलाकारले देश चलाएको बताए। एनसेलको कर के भयो? एनसेलको फोरजी काण्ड के हो? निर्मलाको हत्यारा को हो? ती तपाइँका पार्टीका मान्छे हुन? हामीले प्रश्न गर्दा तपाइँ किन गैह्रसंसदीय अध्यास गर्नुहुन्छ? उनले प्रश्न गरे।

गगन थापा भन्छन्– प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गर्दा सभामुख निरीह

नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन्।  सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थमा रहेको बताए।

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर। प्रधानमन्त्रीले वाचा गरेको तीन वर्षसम्म पनि तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि भने उनी निरास बनेका छन्। त्यसो त मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्।

प्रधानमन्त्रीले संसदमा प्रयोग गरेको भाषाप्रति कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको छ।

प्रधानमन्त्रीले संसदमा आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता गर्दिन भनेपछि...

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि प्रतिपक्षी सांसदहरुले त्यसको विरोध गरेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका छन्।

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण, पर्यटक भित्र्याउन फलदायी : भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने बताएका छन्।

प्रधानमन्त्रीको कम्बोडिया भ्रमणबारे संसदलाई जानकारी

रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

राजतन्त्रको माग गर्नु आपराधिक काम होः प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको बताएका छन्।

प्रधानमन्त्री कप जेठ पहिलो साता

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

आश्वासन बढी, काम शून्य

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन्। २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैंले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रूपमा देखा परेको छैन। विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन्। त्यसमाथि उनकै गृहनगर दमकमा योजना थुप्रिएका छन्। दमकबाहेक अन्यत्र दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

प्रधानमन्त्रीबाट नमुना स्मार्ट विद्यालयको थालनी

डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेका हुन।

नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्