४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगन थापा भन्छन्– प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गर्दा सभामुख निरीह

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन्। 
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थमा रहेको बताए।

प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफुहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएँदा पनि सभामुख निरीह देखिएको टिप्पणी गरे। 

बैठकपछि संघीय संसदभवनमा संचारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेश पालक बनेको दाबी गरे। 

‘फेरि एकपटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन’, उनले भने, ‘व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाया प्रधानमन्त्रीको आदेशपालकको रूपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुर्नपुष्टि गर्नुभएको छ।’

उनले प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए। ‘तिमीले प्रयोग गर्यौ। त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु। मसँग कुस्ती खेल्ने हो?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको थापाको टिप्प्णी थियो।  नेपालको संसदीय इतिहासम मै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उनले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताए।

 

प्रकाशित: २४ वैशाख २०७६ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App