४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
भिडियो

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

काठमाडौं– शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले भने, ‘सरकारको प्रतिनिधिको हैसियतले भन्न चाहन्छु, श्रमिकमाथि हुने सबै प्रकारका शोषण अन्त्य गरेर छोड्छौं। श्रमिकपक्षीय समाज निर्माण गरी सामाजिक न्याय सहितको समाज निर्माण गर्ने गरी अघि बढ्ने छौं।’

उनले कम्तीमा १ सय ५० दिन रोजगारी प्रदान गर्ने व्यवस्था आगामी बजेटमै समावेश गर्ने बताउँदै ९० हजार श्रमिकलाई रोजगारी दिने ग्यारेन्टी गरिसकिएको जानकारी दिए। ‘आउँदो वर्ष थप केही लाख जनशक्तिलाई रोजगारी दिने गरी सरकार अघि बढिरहेको छ।’ उनले भने।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशमै रोजगारी सिर्जना गर्ने दिशामा सरकार अघि बढिरहेको बताउँदै मन्त्री विष्टले यही आर्थिक वर्षभित्र १ लाख ५० हजारभन्दा बढी जनशक्तिलाई कम्तीमा ४५  दिनको भए पनि रोजगारी घोषणा केही दिनमै गर्ने जानकारी दिए।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जन नारा दिइए पनि व्यवहारमा भने भने त्यो लागु हुन सकेको छैन। मन्त्री विष्टले नेपाली श्रमिकले ८ घण्टा काम र ८ घण्टा आराम प्राप्त गरे पनि ८ घण्टा मनोरन्जन प्राप्त गर्न नसकेको बताए।

वर्तमान सरकारको एक वर्षे कार्यकाललाई संरचना निर्माणमा बितेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी वर्ष आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले कम गर्ने दाबी गरे।

 

‘नेपालका श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा चिन्ताको समय व्यतीत गर्नुपर्यो। ८ घण्टा काम गर्ने ती श्रमिकले बालबच्चा कसरी पाल्न सक्ने ? ती श्रमिक बिरामी पर्दा कसरी उपचार गर्ने ? तिनको जीवनलाई कसरी सुरक्षा प्रदान गर्न सक्ने ? पसिना बगाउने ती श्रमिकको जीवन नै निरीहसाथ बित्यो।’ 

मन्त्री विष्टले थपे, ‘समय र परिस्थिति बद्लिएको छ। श्रमिकका सुनौला दिन उदाएका छन्। त्रिपक्षीय सहमतिमा पारित भएको श्रम ऐनलाई अक्षरश कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौं। यदि ऐन कार्यान्वयन केही जटिल देखिए त्यसको समाधान कानुनी ढंगमै गरिनेछ।’

वर्तमान सरकारको एक वर्षे कार्यकाललाई संरचना निर्माणमा बितेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी वर्ष आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले कम गर्ने दाबी गरे।

सरकार सामजिक सुरक्षा सहितको सर्वपक्षीय श्रमिक हुने शोषणमा सरकार मूकदर्शक भएर नबस्ने मन्त्री विष्टको भनाइ छ।
आधुनिक प्रविधिको विकासले विश्व बजारमै रोजगारी कटौती हुन थालेको उल्लेख गर्दै मन्त्री विष्टले मुलुकभित्रै रोजगारीका वैकल्पिक अवसर सिर्जना गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।

प्रकाशित: १८ वैशाख २०७६ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App