२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्कर पक्राउ

अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटेको विशेष टोलीले रौतहट कर्कच कर्मैया-८ टिकुलियाबाट १४ कार्टुन चल्ला नियन्त्रणमा लिएको हो। उनीहरुको साथमा रहेको १४ वटा साइकल र दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लागूऔषधसहित भारतीय पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर-१८ तातापानीमा डेरामा बस्दै आएका भारत रुपैडिहाका २८ वर्षीय रफिक अन्सारी र २१ वर्षीय सफिक अन्सारीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए।

भारतीय टिभी च्यानल प्रसारणमा रोक

पाकिस्तानमा सञ्चार माध्यममा नियन्त्रण राख्ने संस्था पेमरा (पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले पाकिस्तानमा भारतीय च्यानल र भारतीय सामाग्री प्रसारणमा रोक लगाएको घोषणा गरेको छ । पेमराले भारतीय सामाग्री प्रसारण गरेको पाइएमा प्रसारण कम्पनीको लाइसेन्स बिना नोटिस निलम्बन गर्ने वा खारेज गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इला शर्मा भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्तसँग विवाह गर्दै

निर्वाचन आयोगकी निर्वाचन आयुक्त इला शर्माको भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह हुने भएको छ। भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले शर्मा र कुरैसी यसैहप्ता विवाह बन्धनमा बाधिन लागेको बताएका छन्।

काश्मिरमा रहेको भारतीय सेना क्याम्पमा आक्रमण

जम्मु कास्मिरको हन्डरवाडामा रहेको एक भारतीय सेनाको क्याम्पमा आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतीय समाचार संस्था पिटिआइले भारतीय सेनाका एक जवानलाई उदृत गर्दै भनेको छ, ‘भारत प्रशासित जम्मु –कस्मिरको हन्डरवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिहीबार बिहान ६ बजे चरमपन्थीले आक्रमण गरेका थिए।’

भारतीय राष्ट्रपतिको भ्रमण तयारी

सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

नेपाल–भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्।

भारतलाई पाकिस्तानको चेतावनी- खोक्रो धम्कीबाट डराउँदैनौं

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राष्ट्रिय सुरक्षा कमिटीको बैठक बोलाएर भारतलाई धेरै धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। स्थल सेना प्रमुख तथा गुप्तचर निकाय आइएसआइका प्रमुख सहभागी बैठकमा प्रधानमन्त्री शरीफले भारतको धम्की र उत्ताउतोपनादेखि डराउन आवश्यक नभएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पाकिस्तान युद्धको तयारीमा, भारत सतर्क अवस्थामा

भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले १३ दिनसम्म कराजी र लाहोरको एअरस्पेस बन्द गर्न लागेको छ। दुवै एअरस्पेस ८ अक्टोबरदेखि दुई हप्ताकालागि बन्द गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

यसरी हुँदैछ भारतसँग वाणिज्य सन्धि नवीकरण

काठमाडौं- सरकारले व्यापार घाटा अकासिए पनि द्विपक्षीय ‘चिसो सम्बन्ध’ का कारण भारतसँगको वाणिज्य सन्धि जस्ताको तस्तै नवीकरण गर्ने तयारी गरेको छ।

जितसँगै भारतलाई शृंखला

भारतले सोमबार दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई १ सय ७८ रनले हराउँदै शृंखला जितेको छ । जितसँगै भारत टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

सबै पाकिस्तानी नेता शरीफको पक्षमा, भारतलाई झड्का

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरी स्वतन्त्रता आन्दोलन भारतको क्रुरताले नरोकिने बताएका छन्। उनले कश्मिर मुद्दामा पाकिस्तानी नेतृत्व एकमत रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सोमबार भएको उच्चस्तरीय सर्वदलीय बैठकमा प्रधानमन्त्री शरीफले भने, ‘ आत्मनिर्णयको अधिकारकालागि कश्मिरको आन्दोलन जायज र संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार छ।’

भारतीय राष्ट्रपति मुखर्जी कात्तिकमा नेपाल अाउने

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

पाकिस्तानको जासुसी परेवा भारतमा पक्राउ, मोदीलाई गाली गरेको पत्र परेवाको खुट्टामा

भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको एउटा पाकिस्तानी परेवालाई भाारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

भारतको राष्ट्रिय राइफल्स मुख्यालयमा आक्रमण

लाइन अफ कन्ट्रोल (एलओसी) सँग जोडिएको जम्बु–कश्मिरको बारामूलामा आइतबार राति दशबजे ४६ राष्ट्रिय राइफल्सको मुख्यालयमा आतंकवादी आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन्। सो आक्रमणमा परी एक जना भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना आक्रमणकारी मारिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्