२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमी डुबानमा

भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।

नगरपालिकाका कर्मचारी भारत घुमघाममा, सेवाग्राही मार्कामा

बरियारपुरमा रहेको महागढीमाई नगरपालिकाका प्रमुखदेखि अधिकांश कर्मचारी कार्यालयको कामकाजलाई छोडी भारत घुम्न निस्किएका छन्। दशैं बिदापछि कार्यालय खुलेको पाँच दिनसम्म नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्रहीको गुनासोमा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार छडके जाँच गर्दा अधिकांश कर्मचारी भारत घुम्न गएका थाहा भएको हो।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको छ । जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको छ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर, पाेखरा र लुम्बिनी जाने

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

हुलाकी सडक बनाउन अझै भारतकै भर

समझदारी भएको झन्डै १३ वर्षसम्म काम नगरेर नेपाललाई जिम्मा लगाएको भारतसँग सरकारले हुलाकी राजमार्गको दोस्रो चरणको काम गर्न सहयोग माग्ने तयारी गरेको छ।

भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।

भारतसँग न्यूजिल्यान्ड पराजित

बिराट कोहलीको सानदार ब्याटिङ र बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। कोहलीले जिम्मेवारीपूर्वक ब्याटिङ गरेपछि धर्मशाला क्रिकेट मैदानमा आइतबार भारतले कम स्कोरको लक्ष्यलाई सहजै पारेको थियो।

भारतमा भएको २४ को निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको वनारसमा भएको धार्मिक कार्यक्रममा भागदौडका क्रममा २४ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।

भारतकाे कश्मिरमा अातंकवादी अाक्रमण

भारत प्रशासित कश्मिरको बाहिरी इलाकामा आतंकवादी आक्रमण भएको छ। शुक्रबार श्रीनगरको बाहिरी इलाकामा अर्धसैनिक बलको एक शिविरमा गरिएको आक्रमणमा एक जवानको मृत्तु भएको र अन्य ६ जना जवान घाइते भएका भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतीय राष्ट्रपतिको भ्रमण भव्य बनाइने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा  शुक्रबार  बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ ।

भारतले पाँच अर्ब डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

भारत र रुसबीच शनिबार ५ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने भएको छ। सो सम्झौतापछि भारतलाई जमीनबाट हावामा मार हान्न सक्ने एस–४०० मिसाइल आपूर्ति गर्न बाटो खुल्ने भारतीय संचारमाध्यले जनाएका छन्। संचारमाध्यमका अनुसार सो सम्झौतामा हस्ताक्षर गोवा आयोजना हुने ब्रिक्स सम्मेलनका क्रममा हुने छ।

भारत—पाक तनावले नेपाली सीमाक्षेत्रमा सुरक्षा कडा

पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ ।

भारत नियन्त्रित कश्मिरमा सुरक्षाकर्मीको हतियार लुटियो

भारत प्रशासित कश्मिरमा पुलवामा जिल्लाको एक प्रहरी चौकीबाट प्रहरीको हतियार लुटिएको छ। भारतीय संचारमाध्यमका अनुसार पुलवामा जिल्लाको अल्पसंख्यक सुरक्षा चौकीमा तैनाथ प्रहरीको हतियार शनिबार आतंकवादीले लुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्